Author: महेन्द्रनगर पोष्ट

कालीकोट- कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेश्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटलाई तत्काल पेस्की फछ्र्योट गर्न ताकेता गरेको छ । आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे पनि शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले सबै विद्यालयको नाम उल्लेख गरेर चैत ३० गतेसम्म पेश्की फछ्र्योट गर्न सार्वजनिक…

Read More

काठमाडौं- धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गर्नुभएको थियो । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ । उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति…

Read More

मकवानपुर- मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । आइतबार विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्वरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । उहाँका अनुसार, पक्राउ परेका असगर ट्रक चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको…

Read More

कैलाली- जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल नेकपा माओवादीमा लागेका छन् । नेकपा माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित अगुवा कार्यक्रममा सज्यालसहित २० जनाले पार्टी प्रवेश गरेको बताइएको छ । सज्याल लगायत नेताहरूलाई नेकपा माओवादीका नेता देव गुरुङले पार्टीमा स्वागत गरेका हुन् । जनमोर्चा कैलालीको एक ठूलो समूह यसअघि नै माओबादीमा समाहित भएको थियो ।

Read More

सुर्खेत- प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विक बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा काँग्रेसको संसदीय समिति गठन भएको छ। पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् । काँग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ। जस अनुसार सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट, र गोपालदत्त भट्ट पदेन सदस्य रहेका छन् । यस्तै प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल पदेन…

Read More

कैलाली-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच दलीय गठबन्धन दलबीच चुनावी तालमेल गर्ने टुंगो लागेको छ । प्रदेशका नौंवटा जिल्लामध्ये कञ्चनपुर, अछाम र डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो । काँग्रेस केन्द्रीय समितिले स्थानीय तहको आवश्यकताको आधारमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि जिल्ला तहमा पनि गठबन्धन गर्ने निर्णय गर्न थालिएको हो । कञ्चनपुरमा नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार नै आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरिएको छ । यद्यपि विस्तृत छलफल भने हुन बाँकी रहेको नेकपा…

Read More

पोखरा – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् । कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे । ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे । केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन…

Read More

काठमाडौं – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए । यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले…

Read More