Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै बिपीको आदर्श र सिद्धान्तमा अडिग छौँ । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’ देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री…

Read More

काठमाडौं – वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।

Read More

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका दुई र एक उपप्रमुखका गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका दानबहादुर पाल र ललितबहादुर तमोली मनोनयन फिर्ता लिँदै काँग्रेस विपीका उम्मेदवार हरिप्रसाद भटट्लाई समर्थन गरेका छन् । यस्तै उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थीले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय, डडेल्धुराले जनाएको छ । यस्तै वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली, जनता समाजवादी पार्टी नेपालबाट अमरगढी–५ का उम्मेदार श्याम सिनाल र वडा नम्बर ६ की वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्। ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन्।

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता अभिव्यक्ति दिएको भन्दै महिला अधिकारको क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरुले कारबाही गर्न माग गरेका छन् । स्थापितले सार्वजनिक स्थलमा दिएको असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघसंस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको बताएको हो । विज्ञप्तिमा…

Read More

काठमाडौं- नेपाली क्रिकेट टोली र जिम्बावे ‘ए’ टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ । खेल बिहान ९ः३० बाट सुरु हुनेछ। द्विदेशीय प्रतियोगिताअन्तर्गत आज पहिलो एकदिवसीय खेल हुनगइरहेको हो । जिम्बावे टेस्ट मान्यता प्राप्त राष्ट्र हो । पछिल्लो केही वर्षयता जिम्बावेको प्रदर्शन खस्के पनि अघिल्लो वर्ष टी ट्वेन्टीमा पाकिस्तानलाई हराएको थियो । यद्यपि नेपालविरुद्ध खेल्न लागेको यही टोली भने होइन। तर सिनियर राष्ट्रिय टीमबाट खेलिसकेका आठ खेलाडी भने आजको स्क्वाडमा सामेल छन् । त्यसैले आजको खेल रोचक प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। जिम्बावेको टोलीको कप्तानी टिनोटेन्डा मुटोमबोजीलाई दिइएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ को…

Read More

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका भएको विस्फोटमा १० जनाको मृत्यु भएको हो । विस्फोटमा परेर १५ जना घाइते भएको बताइएको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

Read More

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा आज पनि देशका केही स्थानमा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको हो । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

Read More

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सलाई २० रनले पराजित गर्दै लखनउ सुपर जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । छैटौं जित निकालेको लखनउले नौ खेलमा १२ अंक जोडेको छ । पाँचौं हार बेहोरेको पञ्जाब नौ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । आफ्नो नवौं खेलमा १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मयंक अग्रवालले २५ रन बनाए । ऋषि धवन २१ रनमा अविजित रहँदा लियाम लिभिङस्टोनले १८ रन जोडे । लखनउका मोहसिन खानले तीन, दुश्मन्था…

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरुले आज आज निर्वाचन चिह्न पाउँदैछन् ।निर्वाचन आयोगले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूलाई उनीहरूको आफ्नै चिह्न र स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गर्नेछ। हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै प्रचार÷प्रचार गर्न पाउनेछन्। स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ।

Read More