Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । आयोगले १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख…

Read More

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्त हत्या प्रकरण ब्रेक थ्रु गर्न नसकेको दुःखी रहेको बताएका छन् । वैशाख १८ गते अनिवार्य अवकाशमा जान लागेका आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बुधबार सुरक्षासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताएका हुन्। ‘निर्मला काण्ड मेरै कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुशी हुन्थेँ,’ उनले भने, ‘ब्रेक थ्रु गर्न हामी निरन्तर लागिरह्यौं। तर पनि अहिलेसम्म सुल्झन सकेन ।’ पछि प्रहरी नेतृत्वमा आउनेहरुबाट सुल्झिएला भन्ने अपेक्षा गरेको उनले बताए । २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी…

Read More

सप्तरी- सप्तरीमा विहेको बाजा बजाउने विषयमा विवाद हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो। डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्‍यो भन्दै गाउँका केही गैरदलित युवाले केही समय जन्तीलाई रोकेका थिए। वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबु आमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए। जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ। सो…

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ। स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका सबै उपाय र रणनीतिमा कुनै कसर बाँकी नराख्ने गरी निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘निर्वाचनमा कहीँकतैबाट चुनौती आउन नदिने गरी सुरक्षाको व्यवस्थापन गरिरहेका…

Read More

काठमाडौं- प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको काउन्सिलले जनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २…

Read More

कैलाली- कैलालीका विभिन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन अपिल गरिएको छ । गठबन्धनमा आबद्ध प्रमुख तीनले बुधबार संयुक्त रुपमा अपिल गरेका हुन् । नेपाली काँग्रेसका प्रदेश सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज दीर्घ सोडारीले बुधबार संयुक्त रुपमा अपिल जारी गरेका हुन् । वैशाख ११ गते गठबन्धनमा भएको सहमति अनुसार १३ वटा पालिकामा तालमेलका आधारमा उम्मेदवारी दिने सहमति भएको थियो । पालिकाका विभिन्न पदमा पार्टीको नामबाट र स्वतन्त्र रुपमा समेत गठबन्धनमा आवद्ध दलकै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले…

Read More

रौतहट- यसअघि काँग्रेसबाट रौतहटको गुजरा नगरपालिकाको मेयरका दाबेदार रहेका सेख एकरामुल हक अहिले एमालेबाट मैदानमा उत्रेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि हक केहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।

Read More

काठमाडौं- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी अनुपस्थित भएका छन् । मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित हुन् । होस्टलमा खेलाडी राखेको र प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको विषयमा विवाद भएको खुलेको छ । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।

Read More

काठमाडौं- नेपाली काँग्रेसले भोजपुरले जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गर्नेलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको हो । आमचोकका काँग्रेसका १० जना उम्मेदवारले फिर्ता नलिए सधारण समेत नरहने गरी कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। अल्टिमेटम दिनेमा आमचोक वडा ३ का सञ्जय राई, कुमारी राई, वडा नम्बर ४ का रमेश विष्ट, निर्मला राई, वडा नम्बर ५ का संजय राई, कौसिला नेपाली,वडा ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, वडा १० का विन्द्रबहादुर श्रेष्ठ छन् ।

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार सुदूरपश्चिमका पाँच जिल्लासहित २२ जिल्लामा मतपत्र पठाएको छ । आयोगले हालसम्म छापिएका ३४ लाख मतपत्र जिल्लामा पठाएको जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड गरि २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको आयोगले जनाएको छ । आयोगले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ आयोगले जनाएको छ । वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३…

Read More