Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीकी एक महिलामाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका- १३, कैलाली गाउँका देवराज अवस्थीले आफ्नी ६० वर्षीया आमा चित्रादेवी अवस्थीमाथि कुटपिट भएको बताए। जग्गा सम्बन्धी विवादमा उनकी आमालाई छिमेकी रमेश अवस्थीले कुटपिट गरेको उनले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ताका लागि जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताए। ‘बुधवार साँझ मेरी आमामाथि कुटपिट भएको हो, म उतिबेला घर थिइन, आमामाथि कुटपिट भएपछि जिप्रका गएर मुद्दा दर्ता गराउन खोज्यौँ तर प्रहरीले मानिरहेको छैन। आज आइतवार भइसक्यो,’ उनले भने । आफ्नी आमामाथि कुटपिट गर्ने व्यक्ति सशस्त्र प्रहरीका जवान पनि भएकाले आफूहरुको मुद्दा दर्ता नभइरहेको उनको आरोप छ। यता, जिल्ला प्रहरी…

Read More

काठमाडौं : सशस्त्र प्रहरीले नयाँ गुणस्तरको बुट, चुस्ता र ज्याकेट ल्याएको छ । टेण्डरमार्फत ल्याइएको ३५ हजार बुट, ३७ हजार चुस्ता र ३७ हजार ट्रायक सुट कर्मचारीलाई वितरण गरिएको छ । सशस्त्र प्रहरीमा महानिरीक्षक (आईजीपी) बढुवा भएपछि राजु अर्यालयले फौज सरुवा भएर जाँदा आफ्नो बेडबिस्तारा बोक्नु पर्ने पद्धतिलाई अन्त्य गर्ने बताएका थिए । अब त्यो पनि अन्त्य भएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए । सशस्त्र अहिले सबै यूनिटहरूमा म्याट्रेस, तकियालगायतका सामानहरू उपलब्ध गराइसकेको छ । यस पटकबाट सशस्त्रका कर्मचारीलाई आवश्यक पर्ने गुणस्तरीय कम्बल उपलब्ध गराएको एसएसपी खड्काले बताए । २० हजार नयाँ ज्याकेटहरू समयमै…

Read More

धनगढी: अमेरिकाको टेक्सासमा बस्दै आएका कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीका दिपेन्द्र जोशी अज्ञात समूहको गोली प्रहारबाट गम्भीर रुपले घाईते भएका छन्। टेक्सासको युलेसस्थित ग्याँस स्टेशनमा म्यानेजर पदमा कार्यरत जोशीलाई स्टेशन बन्द गरेर डेरामा फर्किने क्रममा ६ जुनको राति ११ : ३० बजे अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उक्त समूहले १२/१३ राउण्ड गोली प्रहार गरेको थियो । जसमध्ये जोशीलाई दुई वटा गोली लागेको थियो । अज्ञात समूहको आक्रमणबाट ज्यान जोगाउन सफल भएपनि दुई वटा गोली दाया हातमा लागेका कारण जोशी गम्भीर रुपले घाईते भए । तत्काल उनलाई उद्दार गरी युलेसको अस्पतालमा भर्ना गरियो । र, समयै अप्रेशन गरिएका कारण जोशीको…

Read More

काठमाडौँ : नेपाल वायुसेवा निगमले अनावश्यक कर्मचारी भर्ती नगरिएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कर्मचारीको सम्बन्धमा संसदमा उठेको सवालको खण्डन गरेको हो । निगमको कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङको सम्बन्धमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा सांसद योगेश भट्टराइलागायतले अनावश्यक कर्मचारी भर्ती गरेर निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्ने आरोप लगाएका थिए । यसै भनाइप्रति आपत्ति जनाउँदै निगमले आइतबार खण्डन गर्दै विज्ञप्ति नै जारी गरेको हो । निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जानकारी दिएको छ । निगमले हाल…

Read More

काठमाडौँ: सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भोलि सचिवस्तरीय निर्णयले बर्खास्त गर्ने तयारी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले यसअघि केसीलाई जागिरबाट बर्खास्त गर्न गृहमन्त्रालयमा पत्र पठाएको बताए । उनलाई मन्त्रालयले २०७९ पुष १४ गते निलम्बन गरेको थियो । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको…

Read More

धनगढी: प्रहरीले आज कैलाली कारागारभित्र ब्राउन सुगर पुर्याउने एक महिलालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध (ब्राउन सुगर) ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनले ल्याएको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिप्रका कैलालीमा ल्याइएको छ ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गरेकी हुन् । नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ बजेट विनियोजन गरेको छ ।

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको हो । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।

Read More

धनगढी: नेपाल प्रहरीका एसएसपी दिल्लीराज विष्टले कंचनपुरका पत्रकार खेम भण्डारीलाई नियन्त्रणमा लिनुपर्ने जनाएका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज) कार्यालयका प्रमुख समेत रहेका उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, ‘खेम भण्डारीलाई यो राज्यको कानून लाग्छ कि लाग्दैन? लाग्छ भने नियन्त्रणमा लिएर अनुसन्धान होस्। लाग्दैन भने नागरिकहरुले आफ्नो कानून आफै बनाउनुपर्ने हुन्छ। राज्यको ध्यान जाओस्!’ कंचनपुरको निर्मला बलात्कारपछि हत्या प्रकरणको विषयलाई लिएर विष्टले भण्डारीलाई प्रहार गरेको हुनसक्ने बुझिएको छ। निर्मला प्रकरणको अनुसन्धानका दौरान विवादित बनेर कारबाहीमा परेपछि अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पछि बढुवा भएर एसएसपी बनेका थिए। हिजो मात्रै फेरि भण्डारी (निर्मला प्रकरणमा…

Read More

धनगढीः कञ्चनपुरका ९ पालिकाले खाना र खाजाको नाममा एक वर्षमा दुई करोड ५४ लाखभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखाको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा पालिकाहरुले खाना र विविध शीर्षक गरी दुई करोड ५४ लाख ६३६ रुपैयाँ खर्च गरेका हुन् । जसमा सबैभन्दा बढी बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८१० रुपैयाँ खर्च गरेको पाइएको छ । त्यसपछि कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३२४, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९६४, वेदकोट नगरपालिकाले ३१ लाख ४६ हजार २८५, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ३५, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार, दोधारा चाँदनी नगरपालिकाले १६ लाख ७६…

Read More