Author: महेन्द्रनगर पोष्ट

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर,…

Read More

अमेरिका – अमेरिकालेरुसले चीनसँग मद्दत मागेको अमेरिकी अधिकारीहरूले बताएका छन् अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग…

Read More

धनगढी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा गीतबारे बोलेका हुन्। ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ’, प्रचण्डले भने, ‘अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन।’ शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए। तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क,पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए। जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो…

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ। मुल्यउन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडीको आवरण भन्ने मूल नारा सहित आइतबार लालझाडी खेलमैदान कञ्जमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको थियो। लालझाडी गाउँपालिकाको आयोजना तथा श्री रामेश्वर मावि चान्देवको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरूमा प्रतिस्पर्धा गराइएको रामेश्वर माविका प्रधानाध्यापक राम प्रसाद जोशीले जानकारी दिए। तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शारदा राष्ट्रिय मावि प्रथम भएको छ। त्यस्तै, सरस्वती मावि द्वितीय र रामेश्वर मावि तृतीय भएको भएका छन्। लालझाडी गाउँपालिका भित्र सञ्चालित मावि तहका विद्यालयहरू मध्ये ६ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहेको थियो।

Read More

कैलाली-डडेल्धुराबाट धनगढीका लागि छुटेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १४ जना घाइते भएका छन्। हाइस चालक अमरगढी नगरपालिका २ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका ८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका १० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएका प्रहरीले जनाएको छ। कैलालीको चुरे गाउँपालिका १ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का…

Read More

कैलाली-नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश पुगेका छन्। प्रचण्ड सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन्। आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदेश तथा स्थानीय स्तरमा सक्रियता बढाएका छन्। उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

Read More

काठमाडौं-संयुक्त राष्ट्र सङ्घले सुडानमा भइरहेको हिंसा अन्त्यका लागि आह्वान गरेको छ । सुडानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले केही दिनदेखि डार्फरमा भइरहेको हिंसाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै हिंसा अन्त्यका लागि आह्वान गरेको हो । हिंसाका कारण धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मिसनले सुडानका सबै दलहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो। यसअघि गएको हप्ता पनि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिंसा अन्त्य गरेर संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामार्फत शान्ति स्थापना गर्न चाहेको बताएका थिए। एजेन्सी

Read More

सर्लाही-नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित भएका हुन। संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी भएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ। रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ। त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन्।उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी भएका छन्। संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले…

Read More

काठमाडौं- निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बन्न सफल भएका हुन्। ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए। यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइराला ३२ मत मात्रै ल्याएका थिए।वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए। महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका…

Read More

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनका लागि वर्तमान अध्यक्ष रवि सिंहको प्यानल घोषणा भएको छ।आइतबार बिहान हुने निर्वाचनका लागि अध्यक्ष पदका उमेदवार सिंहले प्यानल घोषणा गरेका हुन्।सिंहको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा इन्जिनिरय आङ दोर्जी लामा (एडि), एसोसिएट उपाध्यक्ष अच्युतप्रसाद खरेल छन्। यस्तै १ नम्बर प्रदेश उपाध्यक्षमा दीपक गौतम, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट पञ्चराम तामाङ पदम, लुम्बिनी प्रदेशबाट मेघजंग शाह, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठ्ठी रहेका छन्। शम्भु ठाकुर, रत्न बहादुर खड्का र प्रकाश सेठ्ठी महासंघको उपाध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्। सिंहको प्यानलबाट महासचिवमा वर्तमान महासचिव रोशन दाहाल, उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे, उपमहासचिव आन्तरिकतर्फ…

Read More