कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलका पूर्व स्वकीय सचिव रविन्द्र सुनारसहित एकीकृत समाजबादीका दुई जना नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्यसमेत रहेका सुनारसंगै एकीकृत समाजबादीकै जिल्ला सचिबालय सदस्य पदमराज भट्ट पनि एमालेमा प्रवेश भएका हुन् । उनीहरुलाई एमाले सचिव एवम सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम सह–इन्चार्ज राजेन्द्र रावल, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदार रिजाललगायत नेताहरुको सहभागीता रहेको थियो ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं– १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा शहीदगेट, न्यूरोड, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ। यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्याह्न भृकुटीमण्डमा श्रमिक सभा आयोजना गर्ने छ। नेपालका क्रियाशील एक दर्जन…
काठमाडौँ- डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छायल’ उपन्यासको विमोचनसहित त्यसमाथि विमर्श गरिएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानव अधिकारकर्मी मोहना अन्सारी र पत्रकार तथा समीक्षक राजकुमार बानियाँले गरे । बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए । कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम सञ्चालन सुमन थापाले गरेका हुन् । साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रस्ट रूपमा प्रस्तुत गरेको बताए । उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास पढ्न शुरु गरेपछि पुरै…
सिरहा– सिरहामा स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
काठमाडौं- अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भइरहेको छ । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले बताए । पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
काठमाडौँ- इलाममा तीन दिनदेखि बेपत्ता भएकी महिलाको गाडिएको अवस्थामा शव फेला परेको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा गाडेको अवस्थामा स्थानीय ३१ वर्षीय बिनिता काफ्लेको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार काफ्ले तीन दिनदेखि बेपत्ता थिइन् । उनी हराएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले पुरिएको अवस्थामा फेला परेको जानकारी दिए । हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ ।उनका श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको थियो । उनीहरूका चार वर्षीया एक छोरी छन्। घटना कसरी भयो भन्ने…
काठमाडौं- नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने तालिका सार्वजनिक गरेका छन् । पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा गने कार्यतालिका रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।
काठमाडौं- सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने तयारी गरेको छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो । आईजीपी नियुक्तलगायतका विषयमा निर्णय गर्न आज विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। तर, नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन् । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी…
मुम्बई- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान…
कैलाली– स्थानीय तहको निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट नौ सय बढी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशका विभिन्न जिल्लाका नौ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका विभिन्न पदमा करिब एक लाख ५३ हजार बढी उम्मेदवारी परेको आयोगले नाएको छ । निर्वाचन आयोगले शनिबार नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।