Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई प्रधान कार्यालयमा स्वागत गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो ।

Read More

काठमाडौँ : सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बैठक बस्दैछ। शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकमा टीओआबारे सहमतिका लागि थप प्रयास हुन लागेको हो।  पोखराको सुर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम राख्नुपर्ने अडान नेपाली कांग्रेस लचक भएको शुक्रबारको छलफलमा नेताहरूले बताएका छन्।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, गृहमन्त्री लामिछानेको नाम जोडिएको सहकारीको छानबिन गर्न नाम राख्ने विषयमा समस्या छैन। तर, रविको नाम नराखे ‘गोरखा मिडिया ग्रुपका प्रबन्ध निर्देशक’ राख्नुपर्ने कांग्रेसको माग छ। 

Read More

धनगढीः कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन्। धनगढी बसपार्कबाट अछामको साँफेबगर नगरपालिका ६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन्। कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन ११ लाख ६१ हजार ९५६ मूल्य बढीको सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी उपमहानगरपालिका–७ मनेहरा पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैधरुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख १३ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कारकिल डाडा र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका…

Read More

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। गौरीगंगा नगरपालिका ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको सालको गोलिया थान–५ (५३.६८ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको उक्त काठ सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

Read More

काठमाडौं : नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।

Read More

काठमाडौँ : सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो । यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो । अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

Read More

काठमाडौं : हिन्दु धर्मका गुरु निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरी महाराज नेपाल भ्रमणमा आएका छन्। उनी हिजो (बिहीबार) नेपालस्थित काठमाडौं आइपुगेका हुन्। हिजो दिउँसो काठमाडौँ आइपुगेका साँझ पूर्वराजालाई पनि भेटेका छन्। हिन्दु अध्यात्मिक गुरुका रुपमा चिनिएका कैलाशानन्द एक सहयोगीका साथ हिजो नेपाल एयलाइन्सको उडान नम्बर आरए-२१८ बाट काठमाडौँ ओर्लिएका थिए। उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भव्य स्वागत गरिएको थियो। उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता तथा सांसद सन्जय गौतम, सिआइबी प्रमुख श्याम ज्ञवालीलगायत विमानस्थल पुगेका थिए।उनको नेपालमा उपप्रधानमन्त्रीसरह सुरक्षा प्रवन्ध मिलाइएको बताइएको छ। हिजै उनले पूर्वराजासँग करिब सवा घण्टा लामो भेटवार्ता गरेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ।…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३३५ जना प्रहरी जवानको सरूवा गरेको छ । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो । सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ । साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । हेर्नुहोस् सरुवा सूची ? pc_7230Download

Read More

काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौँ-तराई र मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस आयोजनाको प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जानकारी दिएको छ । यस्तै जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग पनि छिचोलिएको थियो ।

Read More