काठमाडौं: नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त एक उपरथी पदमा रायमाझीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गरिएको हो। रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले गत मंसिरमै ७ दिने सूचना प्रकाशित गरेको थियो। उनीउपर कुनै उजुरी नपरेपछि बढुवाका लागि सिफारिस गर्दै रक्षा मन्त्रालयमा पठाइएको थियो। तर रक्षा मन्त्रालयले केहीदिनअघि मात्रै बढुवाको फाइल मन्त्रिपरिषदमा पेश गरेपछि आज निर्णय भएको हो। हालका सहायक रथीहरूमा उनी वरिष्ठ हुन्। यस्तै नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश र्ईन्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन्। सामाजिक सञ्जालमा भट्टसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर अनावश्यक प्रचार गरिएको भन्दै भट्टले कुप्रचार गरेर आम नागरिकलाई भ्रममा पार्न खोजिको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन्। पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा एमालेका सचिव भट्टसहितका ४६ जनाले एमाले छाडेको भन्दै स्टाटस लेखेपछि उनले कुप्रचार गर्नेहरुको विश्वासमा परेर भ्रममा नपर्न आग्रह गरेका हुन्। ‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी थिए तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यु भनेर कुप्रचार गरेको कुुरा अबेर साझ निवासमा…
काठमाडौं: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हालै निष्कासित नेता भीमबहादुर रावलप्रति कडा आक्रोश व्यक्त गरेका छन्। पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको आठौँ बैठकमा नेताहरूको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले रावलको पक्षमा अनावश्यक सहानुभूति नदेखाउन चेतावनी दिए। दुई साताअघि पार्टी सचिवालयको निर्णयले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि निलम्बन गरिएको थियो। बैठकमा केही सदस्यले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष ओलीले रावलको गतिविधिप्रति कडा टिप्पणी गर्दै भने, “भीम रावलको पक्षमा धेरै आँशु बगाउनु आवश्यक छैन।” उनले रावललाई घुर्की, धम्की र स्वार्थसिद्ध गर्न…
काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो र आज सिंहदरबार पुगेर नेपाल सरकारका दुई मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। हिजो राजदूत श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म कुराकानी गरे। भेटवार्तामा भएको संवादका विषयमा सार्वजनिक जानकारी भने दिइएको छैन। यसअघि, अस्ति दिउँसो राजदूत श्रीवास्तवले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए। सो भेट पनि सिंहदरबारमा नै सम्पन्न भएको थियो। दुवै भेटवार्ताका एजेन्डाबारे औपचारिक जानकारी नआए पनि यी भेटहरूलाई गोप्य भेट भनिएको छ।
धनगढी: अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी ढुङ्गाचाल्नाको नव-निर्मित कार्यालय, आवास, तथा मेश भवनको उद्घाटन आज एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले नयाँ भवनले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै नागरिक-मैत्री सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध नियन्त्रणमा स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गर्न निर्देशन दिए। उनले भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने मोति सिंह बुढा, आलोक बिल्डर्स प्रालि, ढकारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, र भौतिक पूर्वाधार शाखाका…
काठमाडौं: चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो। सोही निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका थिए। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनै मध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो समेत खुल्ला भएको छ। तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा…
काठमाडौं: नेपाल प्रहरीका चार जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका निरीक्षकहरूलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्ने प्रहरी निरीक्षकहरूमा डा. सुस्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार, र डा. अनुज श्रेष्ठ रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस सूची प्रकाशित गरिएको हो। यस्तै, प्राविधिक प्रहरी समूहअन्तर्गत संगिततर्फका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ।त्यस्तै स्वास्थ्य उपसमूह, नर्सिङतर्फका एक जना डीएसपीलाई…
काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका हुन्। बैठकले सशस्त्र प्रहरी बल नेपालबाट पदावधि पूरा गरेर आजदेखि घर जान लागेका चार जना डिआइजीको म्याद थप्न लागिएको छ। डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर,कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको आज साँझ बसेको क्याबिनेट बैठकले म्याद थप्ने तयारी छ। कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रमुखका रूपमा कार्यरत छन् भने गणेश ठाडामगर नम्बर ३ बाहिनी (बागमती) प्रमुख, कुलबहादुर नेम्बाङ नम्बर ४ बाहिनी (गण्डकी) प्रमुख, र शम्भु सुवेदी नम्बर १ बाहिनी (कोशी) प्रमुखको जिम्मेवारीमा छन्। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार, आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठानेमा…
बाजुरा: बाजुरामा सहुलियतको नुन किन्नका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन बाजुराका कार्यालय प्रमुख टेक बोहराका अनुसार नुनको अत्यधिक खपत र दुरुपयोग रोक्न २०८१ मङ्सिरदेखि यो व्यवस्था लागू गरिएको हो। जिल्लामा सरकारले प्रत्येक नागरिकलाई नागरिकताको आधारमा वार्षिक चार केजी सहुलियतको नुन वितरण गर्दै आएको छ। तर, सहुलियतको नुन जिल्ला बाहिर पठाउने र जिल्लामा अभाव देखिएको गुनासो बढेपछि सर्वपक्षीय बैठकमार्फत यो नियम लागू गरिएको हो। नयाँ व्यवस्थाले नागरिकलाई सहुलियतको नुन पाउन थप प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। बडीमालिका–७ का हरिचन्द्र पाध्यायले यो नियम सर्वसाधारणका लागि झन्झटिलो भएको बताएका छन्। उनले गाउँबाट बाहिर बसोबास गर्नेहरूलाई नुन किन्न वडा…
काठमाडौं: काठमाडौंका दुई प्रहरी वृत्तमा नेतृत्व परिवर्तन भएको छ। लैनचौर वृत्तमा प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारी र सिंहदरबार वृत्तमा डीएसपी गंगाप्रसाद पौडेलले सोमबारदेखि कमाण्ड सम्हालेका छन्। यसअघि लैनचौर वृत्तमा कार्यरत डीएसपी सत्यनारायण थापा र सिंहदरबार वृत्तमा रहेका डीएसपी चक्रबहादुर शाहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बिदाई गरेको छ। प्रहरी प्रधान कार्यालयले सिंहदरबार वृत्तका लागि सुरुवातमा डीएसपी बेद पौडेलको सरुवा गरेको थियो। तर, उनले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि डीएसपी गंगाप्रसाद पौडेललाई पठाइएको हो। पौडेल यसअघि काठमाडौं प्रहरी परिसरमै कार्यरत थिए। प्रहरी वृत्तको नेतृत्व परिवर्तनसँगै स्थानीय सुरक्षा व्यवस्थामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ। उसो त मालदार र आकर्षक पोष्टिङ मानिने…