Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो। जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ। आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ।

Read More

काठमाडौंः खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।

Read More

धनगढीः बैङ्किङ कसुर मुद्दामा कैलालीका एकजना काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुख्खडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेका छन्। अनामनगर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले हमाललाई बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका हमाललाई पक्राउ गरिएको हो। आफ्नो खातामा पर्याप्त रकम नभए पनि ४५ लाखको चेक काटेको बुझिएको छ।

Read More

बझाङ: अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ।  बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।  पहिरोका कारण मानवीय क्षति भएको छैन। स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए।

Read More

धनगढीः सुदूरपश्चिममा संसदीय समितिको निर्वाचन स्थगित भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेपछि बिहीबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो। राजनीतिक सहमतिका लागि अधिकत्तम प्रयास भइरहेको भन्दै सत्तारुढ दलका प्रमुख सचेतकहरूले भेटेरै सभामुखलाई निर्वाचन सार्न आग्रह गरेका थिए। कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमालेका प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक इन्दिरा गिरीले संयुक्त रूपमा सभामुख भीम भण्डारीलाई समिति बाँडफाँडमा सहमति नजिक पुगेको भन्दै केही दिनलाई निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशका चार वटा विषयगत समिति छन्। अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै निर्वाचित सभापति दिवासिंह विष्टको नेतृत्वमा…

Read More

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भुटान भ्रमणमा जाने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र एक साता लामो भ्रमणका निम्ति भुटान जान लागेका उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए। उनी निजी भ्रमणको सिलसिलामा भुटान जान लागेका हुन्। भ्रमणका क्रममा उनका साथमा परिवारका अरू सदस्य नहुने पाठकले बताए। असोज १७ आसपासमा भुटान गएर फूलपाती अगाडि स्वदेश फिर्ती हुने कार्यक्रम रहेको बताइएको छ।

Read More

धनगढीः बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भएर बिहीबार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि जीपमा सवार ८ जनामध्ये ६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् भने दशरथचन्द नगरपालिका ३ का दिलिप नाथलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

Read More

काठमाडौंः क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्। हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ। गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए। क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको थियाे। उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो। कार्यालयका…

Read More

धनगढीः कञ्चनपुरका किशोरहरु लागुऔषधको दलदलमा फस्न थालेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय लागुऔषधसहित पक्राउ पर्नेमा भर्खर किशोरहरु पनि रहेका छन् । सोही क्रममा बिहीबार तीन जना १८ वर्षीया किशोरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त खटिएको प्रहरी टोलीले तीन किशोरलाई पक्राउ गरेको हो । भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँबाट वडा नमबर १५ बस्ने १८ वर्षीया तीन किशोर पक्राउ परेका हुन् । उनीहरुको साथमबाट ०.९६ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै म २ प ४२०८ नम्बरको मोटसाइकल पनि बरामद गरिएको छ ।

Read More

धनगढीः भीषण वर्षाको आकलन भई रेडअलर्ट जारी भएकामध्ये सुदूरपश्चिमका दुईसहित ४२ पहाडी र हिमाली जिल्लामा सरकारले रात्रिकालीन बस चलाउन रोक लगाएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने सात प्रदेशका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ। प्राधिकरणले तराईमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन। कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा…

Read More