Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका समर्थकबीच हिजोदेखी फलोअर्स वार चलेको छ । विभिन्न आरोप–प्रत्यारोपका विषयमा फरक मतका कारण उनीहरुका समर्थकबीच वाकयुद्ध भएको हो । रातारात ओलीका झण्डै १ लाख फ्लोअर्स घटेका छन् भने बालेनका १ लाख फ्लोअर्स बढेका छन् । बालेनका समर्थकहरुले प्रधानमन्त्री ओलीलाई अनफ्लो अभियान नै चलाएका छन् । ओलीका ६ लाख ६६ हजारबाट घटेर ५ लाख तल झरेको छ भने बालेबका २० लाखबाट बढेर झण्डै २१ लाख १० हजार पुगेको छ । के हो तनाव ? मेयर बालेन्द्रले सोमबार एमाले कार्यकर्ताहरूलाई ‘सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन’ प्रधानमन्त्री…

Read More

धनगढी: बैतडीमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको १० औं सम्मेलन सम्पन्न भएको छ। मंगलबार सम्पन्न सम्मेलनबाट सोनम धामी अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा अर्जुन बोहरा चयन भएका छन्। यस्यै सम्मेलनबाट २७ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको बताइएको छ। जसमा अर्का उपाध्यक्ष राम भट्टराई, सचिवम्क्क मिना भट्ट, सहसचिवमा लोक बहादुर कार्की र हजारी खत्री, कोषाध्यक्षमा गौरव लुहार चयन भएका छन्।

Read More

धनगढी: कैलालीमा एक युवकले बियरसँगै कोलोनाज खाएपछि कोहलपुर लगिएको छ। जिल्लाको टीकापुर नगरपालिका-१ ब्लक नं.११ बस्ने २७ वर्षीय राजेश चौधरी बिरामी भएका हुन्। उनले होटलमा बसेर १ वटा बियरसँगै कोलोनाज नामक ०.५ म्याजीको २० वटा ट्यावलेट खाएका थिए। त्यसपछि उनलाई बिरामी भई उपचारको लागि टीकापुर अस्पतालमा लगिएकोमा आज थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ। अहिले उनको अवस्था मध्यम रहेको बताइएको छ।

Read More

धनगढी: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवर कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाका हुँदै भारत छिरेका छन्। गृहमन्त्री रमेश लेखकसँग उनको गृहजिल्ला आएका आईजी भारतको उत्तराखण्ड छिरेका हुन्। आईजी पत्नीसहित पूर्णागिरी दर्शनका लागि त्यतातर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी आज (मंगलबार) दिउँसो बनबासा हुँदै उत्तराखण्ड पसेका हुन्। उनको आजै फिर्ता हुने कार्यक्रम रहेपनी यो समाचार तयार पार्दासम्म फर्केका छैनन्। आईजी गएको पूर्णागिरी मन्दिर भारतको उत्तराखण्ड प्रान्तको टनकपुर सहरको अन्नपूर्ण चुचुरोमा ५५०० फिटको उचाइमा अवस्थित छ। यो ठाउँलाई महाकालीको पछाडिको क्षेत्र मानिन्छ। आइजी सोही मन्दिर दर्शन गर्न गएका हुन्। उनी महेन्द्रनगर र धनगढीमा बनेका प्रहरीका भवन तथा संरचना उद्घाटनका…

Read More

काठमाडौं: मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलले अनुचित लाभ लिएको भन्दै छानबिन जारी छ। उनीमाथि प्रहरी प्रधान कार्यालय नक्सालले विस्तृत छानविन गरिरहेको छ। उनीमाथि मधेशमा तस्करीको लाइन खुलाएर अनुचित आर्थिक लेनदेन गरेको आरोप तथा उजुरी परेका छन्। सोही आधारमा अहिले उनलाई छानबिनमा तानेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले घुमुवा प्रहरी र बिचौलियामार्फत लेनदेन गर्ने गरेका थिए। अहिले उनले लेनदेन गरेको भनिएका बिचौलिया पक्राउ परेका छन् भने उनका घुमुवाहरुलाई नक्साल तानिएको छ। प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले केही समय अगाडि उनको नाम नलिई केही दिनअघि एक डिआइजी ‘छिट्टै फस्ने’ बताएका थिए। डिआइजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण…

Read More

महेन्द्रनगर: नेपालको कञ्चनपुरसँग सीमानाका जोडिएको भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै एक युवकको शव फेला परेको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएअनुसार आज मंगलबार दिउँसो बैतडी घर भएका ३४ वर्षीय नरेश चन्दको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बैतडीको मेलौली नगरपालिका-३ घर भएका चन्द भारतीय भूमिमा मृत फेला परेको जानकारी दिए। उनका अनुसार चन्द २/३ दिन अगाडिमात्रै भारत जान्छु भएर महेन्द्रनगर आएका थिए। तर, उनी आज भारतपट्टी सीमाक्षेत्रमा मृत फेला परेको बताइएको छ। अहिले भारतीय प्रहरीले उनका आफन्तलाई बोलाएर घटनाको अनुसन्धान थालेको छ।

Read More

काठमाडौं : मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका १० प्रहरीलाई (हेडक्वाटर) झिकाएर अनुसन्धान थालिएको छ। शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जनालाई हेडक्वाटर नक्साल तानेर छानबिन अघि बढाइएको हो। स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन्। तानिनेहरुमा मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना छन्। छानबिनका लागि हेडक्वाटर तानिनेहरुमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव छन्। त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी…

Read More

धनगढी : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ ।

Read More

धनगढी : जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ । यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् । उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख…

Read More

काठमाडौं: नेपालको सिनेक्षेत्रमा कुनै बेला सुदूरपश्चिमका केही हस्तीहरुको दबदवा थियो। नायक तथा खलनायक पात्र बिराज भट्ट, पुस्कर भट्ट, स्वेता खड्का लगायतहरुको राम्रै नाम थियो। तर पछिल्लो समय उनीहरू हराउँदै गए। पुनः सुदूरपश्चिमबाट उदाएका केही युवापुस्ताका नायकहरु चर्चामा छन्। नायक पुष्प खड्का पछिल्लो समय सिने क्षेत्रमा राम्रै जमिरहेका छन् भने बिराजले आफ्नो छोरालाई डेब्यु गराइरहेका छन्। यस्तै लामो समय सिने क्षेत्रमै काम गरिरहेका दार्चुलाका युवा पुस्ताका लोकप्रिय नायक प्रकाश कुँवरले पनि चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। कुँवरले चलचित्र तथा कला क्षेत्रमा दर्जनौं अनुकरणीय कामहरु गरिसकेका छन्। उनै कुँवर अहिले महानायकको उपमा पाएका राजेश हमालसँग चलचित्र खेलिरहेका छन्। कुँवरले…

Read More