ललितपुर: ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका–३ मा आमा, ६ वर्षीय छोरा र २ वर्षकी छोरीको रहस्यमय निधन भएको बताइएको छ। प्रहरीका अनुसार इमाडोल ओचुहाइटकी रविना महर्जन तीन तला माथिबाट हामफालेकी हुन्। हिजो दिउँसो हाम्फालेकी उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। आमा हाम्फालेपछि कोठामा नाबालक छोराछोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपालले एसीसी वुमन्स प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा आइतवार बिहान भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको सहज जीत दर्ता गरेको हो। टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको नेपालले भुटानलाई ६५ रनमै सीमित बनाएको थियो। ६६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालको सहज जीतमा सीता राना मगरले अविजित ३२ रन जोडिन्। उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन्। यस्तै पूर्वकप्तान रुविना क्षेत्रीले २४ बलमा १–१ चौका र छक्कासहित अविजित १७ रन बनाइन्। त्यसअघि कविता कुँवर ५ र कप्तान इन्दु वर्मा…
धनगढी: धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजका एक प्राध्यापक पक्राउ परेका छन्। हिजो (शनिबार) बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ववहार गरेको आरोपमा भण्डारीलाई समातिएको हो। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको आरोप लागेको हो। ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। त्यसपछि हिजो प्रहरीले भण्डारीलाई समातेर थुनेको छ। यस्तै आज सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।
धनगढी :कञ्चनपुर प्रहरीले कानूनको गलत प्रयोग गरेको महासंघको ठहर गरेको छ। आज (शनिबार) सुदूरपश्चिम प्रदेश समिति र केन्द्रीय समिति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले कानूनको गलत प्रयोग गरेको ठहर गरेको हो। सुदूरपश्चिम महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको जानकारी समेत गराएको छ। महासंघ सुदूरपश्चिमले कानुनको दुरुपयोग गरी प्रहरीले पत्रकारलाई पक्राउ गरेको घटनाप्रति महासंघ घोर भर्त्सना समेत गरेको छ। महासंघले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्ति मात्र प्रयोग गरी दुबै जना पत्रकारलाई तत्काल रिहाइका लागि…
धनगढी : कञ्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासङ्घ सहित विभिन्न पेसागत सङ्घ सङ्गठनले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई पक्राउ गरेको थियो। नेपाल पत्रकार महासङ्घ केन्द्र र जिल्ला शाखा कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको हो। केन्द्रीय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त विज्ञप्तिमा प्रहरी माथि कारबाहीको समेत माग गरिएको छ। त्यस्तै पत्रकार महासङ्घ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले…
डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरा रहेका छन्। उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत रहेको बुझिएको छ। उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए। उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत अन्यत्र ट्रान्सफर गरेका थिए। अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए। उनकै उजुरीका आधारमा डडेल्धुरा प्रहरीले लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो। त्यसपछि बझाङ…
धनगढी : कैलालीमा बस र कार एकआपसमा ठोकिएका छन्। जिल्लाको घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। कारको अगाडिको भागमा क्षति भएको छ। बस बझाङको बुंगल नगरपालिका-११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए। कार टीकापुर नगरपालिका- ४ का प्रताप चौधरीले चलाएका थिए।
धनगढी : कञ्चनपुरमा प्रहरीले पत्रकारलाई पक्राउ गरेपछि पत्रकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज (शनिबार) संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाल प्रेस युनियन कञ्चनपुर,प्रेस चौतारी नेपाल कञ्चनपुर र प्रेस सेन्टर नेपाल कञ्चनपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। प्रहरीले पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। उनीहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए। तीनवटै संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘कञ्चनपुर प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकाशन तथा सम्प्रेषण भइरहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले पत्रकारलाई पक्राउ गरिएको संगठनहरुको ठहर छ। त्यसकारण पत्रकारद्वयको तुरुन्त…
धनगढी : नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले प्रहरीले पक्राउ गरेका पत्रकारलाई तुरुन्त रिहा गर्न आग्रह गरेको छ। आज (शनिबार) सचिव राजेन्द्रप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूलाई रिहा गर्न आग्रह गरेको हो। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुंवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि ‘विद्युतिय कारोवार कसुर’ अन्तंगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाईका लागि सम्वन्धित पक्षसँग माग गर्दछौं।…
काठमाडौं : मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ। काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छिङ हाई युसमाथि ५–१ गोल अन्तरको फराकिलो जीत निकालेको हो। नेपाली टोलीका लागि समीर तामाङले २ गोल गरे। यस्तै सञ्जीव विष्ट, छिरिङ लामा र नीराजन धामीले पनि १–१ गोल थपेका हुन्। चीनका तर्फबाट झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काए। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण खेल भएको हो। चीनको कुनै पनि फूटबल टोली २९ वर्षपछि पहिलोपटक नेपाल आएर खेलेको हो। नेपालको युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडी समावेश थिए। जसमा कप्तान मनीष…