Author: महेन्द्रनगर पोष्ट

धनगढी: डडेल्धुराका एक युवकको काठमाडौंमा मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालमका २६ वर्षीय विनोद दियालको हिजो राति मृत्यु भएको हो।  हाल कैलालीको अत्तरियामा बस्दै आएका उनी केही दिनअघि मात्रै काठमाडौं गएका थिए। राति एक्कासी पेट दुखेको भन्दै अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले शवको पोष्टमार्टम भइसकेकाले परिवारका सदस्य आएपछि कैलालीको गोदावरीमा उनको अन्तिमसंस्कार गरिने बताइएको छ। मृतक विनोदको परिवारले अत्तरियामा महेश्वरी होटल सञ्चालन गरिरहेको छ। 

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरिएको छ। आज (शुक्रवार) पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप ३ महिनाका लागि निलम्बित गरिएको जानकारी दिइन्। उनका अनुसार पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले चौधरीलाई कारबाही गरिएको हो। श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पनि पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन्। तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन्। घनश्याम रेशम चौधरी…

Read More

धनगढी: प्रधानन्यायाधीश विश्वम्वर श्रेष्ठ सुदूरपश्चिम आइपुगेका छन्। उनी हिजो कैलालीबाट गृहजिल्ला डोटी गएको बताइएको छ। उनी बिहीबार राति डोटी पुगेका थिए। सुरक्षा स्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ दिपायल राजपुरस्थित मुख्यमन्त्रीको अस्थायी निवासमा बसेका थिए। त्यसपछि आज (शुक्रबार) बिहानबाट श्रेष्ठले उच्च अदालत दिपायलको निरीक्षण थालेका छन्। यस्तै, उनले जिल्ला अदालत डोटीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। प्रधानन्ययाधीश श्रेष्ठ वैशाख १ र २ गते नीजि कामको सिलसिलामा डोटीमै रहने कार्यतालिका छ। बैशाख २ गते नागरिकस्तरबाट प्रधानन्यायाधीशको अभिनन्दन कार्यक्रम पनि रहेको बुझिएको छ। बिहीबार श्रेष्ठले डडेल्धुरा अदालतको निरीक्षण गरेका थिए।

Read More

धनगढी: टिकापुर नरसंहारमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ। शुक्रबार उनको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उनको मुद्दा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो। रेशमलालले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए। चौधरीले निर्वाचन…

Read More

काठमाडौं: नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा क्याप्टेन दिपु ज्वारचन नियुक्त भएका छन्। उनी एअरबस ३२० को पहिलो नेपाली परीक्षक हुन्। यसअघि पनि उनी केही समय सोही जिम्मेवारीमा थिए। ज्वारचन सन् २००७ मा को पाइलटको रुपमा निगमको सेवामा प्रवेश गरेका थिए।  सन् २०१५ देखि एयरबस ३२० विमान उडाइरहेका ज्वारचन २०२२ मा प्रशिक्षक पाइलट बनेका हुन् ।

Read More

धनगढी: धनगढीमा मोटरसाइकलले कारलाई ठक्कर दिएपछि दुर्घटना भएको छ। आज (शुक्रवार) धनगढीको राजपुरस्थित ६ लेन सडकमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अत्तरियादेखि धनगढी आउँदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडीबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका- ७ का २२ वर्षीय विक्रम राना र पछाडि सवार २१ वर्षीय दिपेन्द्र राना घाइते भएका छन्। उनीहरूको अहिले मायामेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। यस्तै ठोक्किएको कार अत्तरियाका काँग्रेस नेता एवं पत्रकार लोकराज पाण्डेय (आगो) को भएको खुलेको…

Read More

महेन्द्रनगर: कञ्चनपुरमा सरकारी सम्पत्ति एवं जग्गा अतिक्रमण गरेर र भाडामा लिएर बनाइएका अनाधिकृत र अवैध संरचना हटाउने कार्यलाई तीव्र पारिएको छ। चैतदेखि नै सुरु गरिएको उक्त कार्य महिना सकिनै लाग्दा पनि तीव्र पारिएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गोपाल कुमार अधिकारीले अवैध संरचना र खोका, छाप्रा एवं टहरा धमाधम हटाइरहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनले सार्वजनिक सम्पत्ति संरक्षण अभियान अन्तरगत सरकारी कार्यालयको जग्गा र आसपासमा बनाइएका संरचना भत्काइएको र भत्काउने क्रम जारी रहेको बताए। उनका अनुसार हालसम्म जिल्लाका मालपोत, नापी र यातायात कार्यालयको स्वामित्व एवं आसपास बनाइएका अनाधिकृत संरचना हटाइएका छन्। यसरी हटाइनेमा सरकारी कार्यालय अगाडिका खोका,…

Read More

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २२ वर्षीय सेवा चौधरी बिहीवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस्तै चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र…

Read More

धनगढी: सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।

Read More

डडेल्धुरा: संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो डडेल्धुरा अस्पताल। ०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो। ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो। जहाँ दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो। कागजको खोस्टामा विशिष्ट विशेषज्ञ अस्पतालको उपमा पाएको डडेल्धुरा अस्पतालले दिने सेवा सुविधाले सुदूर पहाडका नागरिक आक्रान्त छन्। प्रदेश मातहतको अस्पतालले संघ मातहतको अस्पतालमा बिरामी रेफर गर्नुपर्ने हो। तर, संघ…

Read More