Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन्। सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार सवार ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर बाट घाईते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।

Read More

धनगढी: नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समिति सचिवालयले डीआइजीद्वयलाई बढुवा सिफारिस गरेको हो। उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको जनाइएको छ। बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।  यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो।

Read More

काठमाण्डौँ: पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ। सोमवार रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो। इन्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको नेपाल आयल निगमले जनाएको छ। पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ। यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको…

Read More

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा बर्षासँगै हावाहुरी र हिमपातको सम्भावना रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक…

Read More

काठमाडौं: चैत्र शुक्ल अष्टमी अर्थात चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने चलन रहेको छ।

Read More

धनगढी: नेपाल सद‍्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै पार्टीको एकता तोडिएको जनाइएको छ। एकताको सहमति पूरा नगरेको र नाउपामा श्रीमान् (रेशमलाल चौधरी) र श्रीमती (पार्टी अध्यक्ष रन्जिता चौधरी)को विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद‍्भावना पार्टी अलग भएको हो। नेपाल सद‍्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ। नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो।

Read More

धनगढी: नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी गौरवकुमार केसीलाई दिइएको छ। यस अगाडि सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी कृष्णप्रसाद भण्डारीले केसीलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरिएको बुझिएको छ। प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी प्रमुख थिए। प्रवक्ताबाट भण्डारी सैनिक अभिलेखालयको जिम्मेवारीमा पुगेका छन्।

Read More

धनगढी: कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हुने जनाएको हो। भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान ७ गते भएकाले ४ गते बेलुकी ५:१५ बजेदेखि मतदान नसकिँदासम्म कञ्चनपुरसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव सीमा नाका बन्द हुने सूचनामा उल्लेख छ।   तर अत्यावश्यक सेवा भने खुला रहने कञ्चनपुर प्रशासनले जनाएको छ।

Read More

धनगढी: भारतले डोटीमा क्याम्पस भवन बनाइदिने भएको छ। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका सेकेन्ड सेक्रेटरी प्रशान्तकुमार सोनाले संयुक्त रुपमा केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका छन्। भवन भारत सरकारको दुई करोड ८९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ।  यसैबीच भारत सरकारले नेपालका विभिन्न जिल्लाका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो। हस्तान्तरित १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी…

Read More