Author: महेन्द्रनगर पोष्ट

धनगढी: टिकापुर नरसंहारमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) ले एकपछि अर्को गर्दै सुदूरपश्चिममा प्रदेश सांसदलाई कारबाही गर्न थालेपछि विवाद थप चुलिएको छ। रेशमलालले बनाएको नागरिक उन्मुक्ति पार्टीभित्र कारबाहीको सिलसिलाले पार्टीका नेता तथा प्रदेश सांसदहरु आक्रोशित बनेका छन्। पार्टीमा रेशमलाल (पति) र पत्नी (रन्जिता) कै विवादका कारण कारबाहीको सिलसिला अगाडी बढेपछि नेता, कार्यकर्तासमेत चेपुवा र गुटबन्दीमा परेका हुन्। एक महिनायताको विवादमा पार्टीका संरक्षक रेशम चौधरीका पक्षमा देखिएका प्रदेश सांसद र अन्य नेतालाई अध्यक्ष रन्जिताले भटाभट कारबाही गर्न थालेकी छन्। त्यसपछि विवाद पनि झन बल्झिदै गएको…

Read More

धनगढी: धनगढीमा दोस्रोपटक फेरिएका सडक बत्तीसमेत गुणस्तरहीन भएको बताइएको छ। धनगढी उपमहानगरपालिका र सडक बत्ती प्रवर्द्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ दोस्रोपटक पनि गुणस्तरहीन भेटिएका हुन्। धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा दोस्रोपटक जडान गरिएका बत्ती गुणस्तरहीन पाइएका हुन्। यस अगाडि जडान गरिएका बत्ती पनि नक्कली प्रमाणीत भएका थिए। अहिले फेरि नक्कली निस्केपछि गुणस्तरीय बल्ब जडानका लागि उपमहानगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका अनुसार दोस्रोपटक जडान गरिएका बत्तीहरूसमेत सम्झौता अनुसार जडान भएका छैनन्। धनगढी उपमहानगरपालिकाले ठेक्का मार्फत ७६ लाखमा बत्ती जडान गर्न लगाएको थियो। ड्राइभ इलेक्टोनिक्स प्रालिले…

Read More

काठमाडौं: रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी कुबेर कडायतले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए। रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द हिजो (शुक्रबार) राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला दुर्घटनामा परेका थिए। गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि उनलाई उपचारका लागि सिटी अस्पताल…

Read More

धनगढी: सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा लागुऔषध खैराे हेराेईनसहित एक युवकलाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका-८ काे धनगढी गाउँबाट शुक्रबार दिउँसो २८ वर्षीय प्यारेलाल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार रानाकाे साथबाट ६० मिलिग्राम खैराे हेराेईन बरामद गरिएकाे छ । उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा टिप्परले माेटरसाइकलाई ठक्कर दिएकाे छ। शुक्रबार राति धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी चाेकमा बा २ झ३८९९ नम्बरको  जिपलाई से १ प ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएकाे थियो। टिप्परकाे ठक्करबाट जिप चालक धनगढी-४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले जानकारी दिए। बायाँ खुट्टा भाँचिएका बस्नेतकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक ३५ वर्षीय यमराज चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नाे खेलेर मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन्। बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ। बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ। आजकाे दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ। बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन्। १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने…

Read More

-आभुषण तिम्सिना आज २०८० सालको अन्तिम दिन। २०८० साललाई म साधुवाद दिन चाहन्छु। २०८० साल मेरो लागि अविस्मरणीय, ऐतिहासिक, महत्वपूर्ण अनि नयाँ अवसर र मौका लिएर आयो। जवानीका दिनहरुमा जब एक युवा जसलाई आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धात्मक सज्जनतामाथि अतुलनीय विश्वास, आत्मविश्वास अनि सुन्दर भविष्य निर्माण गर्ने आत्मविश्वास प्रगाढ हुन्छ त्यो समयमा उसले कुनै निर्णय लिनै पर्ने हुन्छ र लिन्छ एक सुन्दर भविष्य निर्माणको लागि। उसलाई जीवनका यथार्थ र तिता सत्यहरुको बारेमा कसैले सिकाएको हुदैन। उ केवल आफ्नो क्षमता र योग्यतामाथि विश्वास गरेर अगाडि बढ्छ। मैले मेरो जवानीको दिनमा मेरो योग्यता र क्षमतामाथि विश्वास गरेर गरेको एक गलत निर्णयको बन्धनबाट मलाई…

Read More

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल प्रतियोगिताको उपाधी ज्वलन्त युवा क्लबले जितेको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा बुधबारदेखि देउलेखमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा चिरासैनी युवा क्लबलाई ३-० सेटले हराउँदै ज्वलन्तले उपाधी जितेको हो। प्रतियोगिताको विजेता ज्वलन्त युवा क्लबले ४१ हजार १११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता हुने चिरासैनी युवा क्लबले २२ हजार ६११ रुपैयाँ र तृतीय हुने बौनाली टाइगरले १२ हजार ४११ रुपैयाँ प्राप्त गरेका छन्। देवेश्वरी मावि देउलेखको खेलमैदानमा भएको प्रतियोगितामा गाउँपालिकाभरका १९ ओटा टिम सहभागी थिए। प्रतियोगिताको समापन समारोहमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बित्थडचिर खेलकुदका…

Read More

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नयाँ नेपाली वर्षको शुभकामना व्यक्त गरेका छन्। एक सन्देश जारी गर्दै उनले २०८१ सालको शुभकामना व्यक्त गरे। शुभकामनासँगै उनले नेपाल र नेपालीको वर्तमान व्यवस्था र अवस्थाबारे पनि चिन्ता जनाएका छन्। नेपाली जनता युवाहरुको अवस्था बिग्रेदै गएकोमा उनको चिन्ता छ। त्यस्तै उनले कसैलाई निषेध नगरी राष्ट्रिय चिन्ता र चासोबारे पुनर्विचार गर्नसमेत सुझाएका छन्।

Read More

कैलाली : बिषु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन्। सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट सुदूरपश्चिममा बसोबास गर्ने मानिसहरु फर्केका हुन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ ।भारतको सुरतमा रोजगार गर्दै आएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताए…

Read More