Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ। सोमबार पिथौरागढका प्रमुख जिल्ला अधिकारी विनोद गोस्वामीको अध्यक्षता बसेको बैठकले पुल चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ। दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको सो मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएपछि सञ्चालनका लागि बैठक बसेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए। पुल निर्माणको काम भारतीय पक्षले गरेको हो।  नेपालसँग समन्वय गरेर केही महिनाभित्रै पुल सञ्चालनमा आउने आर्यले जानकारी दिए। दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुल सञ्चालन हुने भएपछि दुवै देशका नागरिक खुसी छन्।  …

Read More

काठमाडौं: एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हो। अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे। एनपीएलमा उनको यो पहिलो अर्धशतक हो। अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे। जनकपुरका लागि किशोर महतो र…

Read More

धनगढी: बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ। मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। 

Read More

काठमाडौं: हुण्डी कारोबारमा संलग्न चार जना रंगेहात समातिएका छन्। काठमाडौँ एयरपोर्ट नजिकै हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन्। काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो।  प्रहरीका अनुसार उक्त स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाई कम्पनीको कार चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको ६८ लाख रुपैयाँ फेला परेको थियो। त्यस्तै, पाँच–पाँच…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको टुङ्गो लगाएको ६ वर्ष भइसक्दा पनि राजधानी स्थापनाको काम अघि बढ्न सकेको छैन।  तत्कालीन प्रदेशसभाले विसं २०७५ मा कैलालीको गोदावरी नगरपालिका–२ र ४ को बिचमा पर्ने तेघरी क्षेत्रमा स्थायी राजधानी स्थापना गर्ने र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्नेसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो।   सङ्घीय सरकारले राजधानी निर्माण गरिने स्थलको जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा निर्माण अघि बढ्न नसकेको प्रदेश सरकारले बताउँदै आएको छ। राजधानी निर्माण गर्न तोकिएको क्षेत्रमा रुख, बुट्यानसहितको जङ्गल छ। वन क्षेत्रको जग्गा तोकिएकाले प्रदेश सरकारले उक्त जग्गा अहिलेसम्म प्राप्त गर्न सकेको छैन।  स्थायी राजधानी रहने…

Read More

डडेल्धुराः डडेल्धुरामा मेयर सम्मेलन हुने भएको छ। पुस १५ र १६ गते जिल्लाको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको हो। सम्मेलनमा धनगढी उपमहानगरपालिकाका प्रमुख, सुदूरपश्चिमका सबै नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ। परशुरामका मेयर भरत बडायर जोशीले स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत विकास प्रवद्र्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको जोशीले बताए।

Read More

काठमाडौं: भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन्। घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन्। अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए। गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए। बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन्। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो। महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको हो। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ। त्यस्तै उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीका सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डा. जितेन्द्र उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। टीकापुर नगरपालिका–१, कैलाली निवासी डा. उपाध्यायलाई “मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि, २०८१” को दफा ३, उपदफा १ (क) बमोजिम नियुक्त गरिएको हो। नियुक्ति मिति २०८१ मंसिर ३ देखि लागू हुनेछ। सल्लाहकारका रूपमा डा. उपाध्यायले सो कार्यविधिको दफा ९ र अनुसूची २ अनुसार पारीश्रमिक र सुविधा पाउनेछन्। मुख्यमन्त्री शाहले नियुक्ति पत्रमार्फत डा. उपाध्यायलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन्। उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।  डा. उपाध्याय यसअघि विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।…

Read More

काठमाडौं: चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ। एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ। १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ। कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।

Read More