काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विनोद घिमिरेले पाउने भएका छन्। प्रहरी महानिरीक्षक (आईजी) सचिवालयका डीआईजीले वहन गर्ने उक्त जिम्मेवारीमा रहेका डीआईजी दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर रिक्त थियो। उनको रिक्ततामा आईजी सचिवालयकै एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी पाएका थिए। बढुवा भएका डीआईजीको शुक्रबार पदस्थापन हुँदा आईजी सचिवालयमा तोकिएका विनोद घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउने आईजी सचिवालयस्रोतले जनायो। हाल प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी थापा सचिवालयकै अन्य भूमिकामा रहने भएका छन्। सरुवा हुँदै एसएसपी यस्तै शुक्रबार रातिसम्म एसएसपीहरुको सरुवा निकाल्ने तयारी भइरहेको छ। त्यसका निम्ति छलफल गर्न आईजी दीपक थापा गृह मन्त्रालय पुगेका छन्। एसएसपी सरुवा गृह…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा १४ वर्षीया एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो। चन्द्र महतोकी १४ वर्षीया छोरी माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहीबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।
काठमाडौं: नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ । बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्। यस्तै उनीहरूको पदस्थापन पनि आजै गरिएको छ। हेर्नुस् सूची
काठमाडौं: नेपाल प्रहरको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शाहलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआईजीमा बढुवा भएको शाहको कार्य विभागमा पदस्थापन भएको छ। डीआईजी हुँदा उनी विशेष ब्यूरोमा कार्यरत थिए।
काठमाडौं: सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस भएका छन्। बिहीबार बढुवा सिफारिस समितिले ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत प्रतिस्पर्धामा थिए। तर उनीहरुलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भएका हुन्। एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो। गिरीलाई सत्ताको नेतृत्व गरेको दल एमालेले एआईजी बनाउन चाहेको थियो। ठाडामगर भने कांग्रेसमार्फत बढुवाका लागि लविइङमा थिए। दुई…
काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो। गएको चैतदेखि नै रानीपोखरी कार्यालयमा डीआईजी रिक्त रहेको छ। अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई खटाउने निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका हुन्। बढुवाको निर्णयसँगै उनीहरूलाई शुक्रबार प्रहरी प्रत्रान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ। उनीहरूले नयाँ जिम्मेवारी पनि पाएका छन्। भिजिट भिसाको सेटिङमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडेर आरोप लगाइएको छ। जुन विषयमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित माथि अनुसन्धान भइरहेको छ।गृहमन्त्रीले पनि राजीनामा दिनु पर्ने…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ। शुक्रबार साँझ ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको हो। प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ। नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चलेपनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन। मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमलाई अन्तिम रुप लिएर…
काठमाडौँ: गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन चलचित्र युनिट भोलि बुधबार (जेठ १४ गते) धनगढी आउने भएको छ। चलचित्रको टोली भोलि धनगढी हुँदै नेपालगन्ज जाने कार्यक्रम रहेको छ। धनगढीस्थित एसटीएस सिनेमाजमा टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। महानायक राजेश हमालको नेतृत्वमा रहेको टोलीमा अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवँर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा पनि सहभागी हुने मिडिया सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए। सिनेमाघरमा उपस्थित भई दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिनुका साथै पत्रकारहरूसँग पनि अन्तरक्रिया गर्नेछ।
काठमाडौं: नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुन: युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए। पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे। निर्वाचनमा १४०४ मत खसेको थियो। थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।
धनगढी: कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेका चाँदीका गरगहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१० काे सिमलघाट क्षेत्रमा शंकाका आधारमा चेकजाँच गर्दा भारतबाट ल्याइरहेकाे ६ लाख ३४ हजार बराबरकाे चाँदीका गरगहना बरामद गरेकाे हाे। जिल्ला प्रहरी कार्यालयकाअनुसार तीन किलो ३७० ग्राम तौल भएको अवैध चाँदीका गरगहना बरामद गरिएको छ। पक्राउ पर्नेमा भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरीलाल राना रहेका छन्। पक्राउ परेका राना र बरामद गरगहना सम्बन्धित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।