Author: महेन्द्रनगर पोष्ट

धनगढीः प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवामा केही बदनाम र असक्षमहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै आलोचना भएको छ। पर्वत जिल्लामा विवादास्पद डिएसपी रबिन बिष्टलाई पठाइएको छ। डिएसपी बिष्ट एक वर्षअघि बालाजु वृत्तको डिएसपी हुँदा बालाजुमा लुटपाट आतंक मच्चिएको थियो। प्रहरीको कमजोर कमाण्डका कारण बालाजु क्षेत्र राज्यको नियन्त्रण बाहिर पुगेको थियो। डिएसपी बिष्टको गाडीसमेत आन्दोलनकारीले जलाइदिएका थिए। जून घटनामा उनलाई त्यहाँबाट हटाएर कारबाही गरिएको थियो। तिनै डिएसपीलाई पर्वत जिल्लाको इन्चार्जमा खटाइएपछि आलोचना भएको छ। इन्सपेक्टरमा रुपन्देही हुँदा त उनले नेटवर्किङ कारोबारीसँग पैसा नै लिएको पुष्टि भएको थियो। जसमा उनलाई समेत मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेकोमा उनले…

Read More

धनगढीः भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन्। मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ। जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन्। साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो। निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले…

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ। एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए। साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए। गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन…

Read More

धनगढीः सुदूरपश्चिममा एकैदिन चट्याङका ८ घटना घटेका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बाजुरामा तीन, कञ्चनपुरमा तीन तथा डडेल्धुरा र दार्चुलामा एक÷एक चट्याङका घटना घटेका हुन्। तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कञ्चनपुरमा दुई र बाजुरमा एक गरी तीन जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही…

Read More

धनगढी: सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन्। बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दुई ठाउँमा पहिरो खसेको र पन्छाउने कार्य जारी रहेको जनाएको छ। यस्तै डडेल्धुरादेखि डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ। डडेल्धुराको रडुवामा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा…

Read More

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ। निर्वाचन आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो। सुदूरपश्चिमका यी पालिका र वडामा हुनेछ उपनिर्वाचनगत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना…

Read More

धनगढीः प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। सूचना अनुसार ३ जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र १९ जना प्रहरी जवान चार महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका छन्। उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।

Read More

धनगढीः बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही ठाउँका ३० वर्षीय रमेश शाही पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धिरेन्द्रको घर तथा बारीमा तलासी गर्दा घर नजिकै रहेको ओडारमा लुकाइछिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक एक थान बरामद गरिएको छ। यस्तै रमेश शाहीको गोठभित्र लुकाइछिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक एक थान पनि बरामद गरिएको छ।

Read More

धनगढी: देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो। आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका कैलाली, डोटी र अछाममा भारी वर्षाको सम्भावना छ। कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। तराई भू–भागका केही स्थानमा हावाहुरीको…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरु कुटिएका छन्। हिजो (बुधबार) जिल्लाको पुनर्वास क्षेत्रमा त्यहाँका प्रहरी इन्चार्ज इन्सपेक्टरसहितका गस्तीका प्रहरी कुटिएका हुन्। स्रोतका अनुसार गस्तीमा गएको इन्सपेक्टर महेशविक्रम शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको हो। घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बताइएको छ। रातको करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज एवं ईन्स्पेक्टर शाहीसहितको टोली गस्तीमा थियो। ९ जनाको प्रहरी गस्ती टोलीलाई खडखडे खेल्ने समूहले आक्रमण गरेको हो।पुनर्वास नगरपालिका–७, बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो।…

Read More