Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बदलिएको सत्ता समीकरणमा देशको प्रमुख राजावादी शक्ति राप्रपा तत्काल सहभागी नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग छलफल नै गरेका छैनन् । हिजो प्रधानमन्त्रीले एमाले, रास्वपा, जसपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । तर, राप्रपालाई बोलावट आएन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पार्टी अहिले आन्दोलनमा रहेकाले सरकारमा जाने विषयमा कुनै सोच नबनाएको बताए । उनले भने, ‘हामीलाई प्रस्ताव पनि आएको छैन र हामीले तत्काल सोच पनि बनाएका छैनौँ । हामी अहिले आन्दोलनकारी दल हौँ । राष्ट्रिय शक्तिका बीचमा नवीन समझदारीको आवश्यकता छ ।’

Read More

काठमाडौँ : नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन्। जसपा सांसद प्रदीप यादवले सो जानकारी दिएका हुन्। अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ। ‘जसपाको तीन मन्त्रालयमा दाबी छ‘, यादवले भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यू आफैँ सरकारमा जानुहुन्छ।’ छलफल जारी रहेकाले कुन कुन मन्त्रायलय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।

Read More

काठमाडौँ : एमाले, माओवादीसहितको नयाँ सत्ता गठबन्धनको तयारी तीव्र भइरहँदा जनमत पार्टीका अध्यक्ष सीके राउले बालकोट पुगेका छन्। एमाले सचिवालय बैठक बसिरहँदा राउत अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ‘अध्यक्षज्यु अहिले बालकोट जानुभएको छ। ओलीजीसँग सम्वाद जारी छ,’ जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, ‘सम्भवतः नयाँ बन्ने सरकारमा हामी जाने छौँ।’ नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

Read More

काठमाडौं : अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।

Read More

धनगढी: सुदूरपश्चिममा ३ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा जनरल फरेष्ट्रीतर्फ हेमराज बिष्ट अघारौ तहमा बढुवा भएका छन्। यस्तै भेटेरिनरीतर्फ पानसिंह ठगुन्ना र शिक्षा प्रशासनतर्फ दुर्गादत्त बिष्ट रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। हेर्नुहोस् सूचना

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको हो । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ । ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन साउद आइतबार फिनल्यान्ड जाने तय भएको थियो । मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ आयोजना हुँदैछ ।

Read More

धनगढी : कैलालीको टीकापुर नगरपालिका उपपमुख खडकबहादुर शाहलाई निलम्बन गरिएको छ । टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरि जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले फागुन १८ गते निलम्बन गरेको हो। नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले उपमेयरलाई निलम्बन गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए । अख्तियारको पत्रमा स्वतः निलम्बन हुने लेखिएपछि कार्यपालिकाले निणर्य गरी पठाएको उनले बताए। यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। हालका…

Read More

धनगढी : दैलेखमा नेकपा एकीकृत समाजवादी नेकपा एमालेमा समायोजन भएको छ। एसका केन्द्रीय कमिटी सदस्य, कर्णाली प्रदेश कमिटी सदस्य जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला सदस्य ,नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीहरु समायोजन भएका छन् । आईतबार नेकपा एमाले दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीको अध्यक्षमा र कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट को प्रमुख आतिथ्यमा दुल्लुमा भएको पार्टी आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ । कार्यक्रममा दुई जना केन्द्रीय सदस्य सहित झण्डै २ सय १० जनाबढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा एमाले सचिव एवंम् कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले स्वागत गरेका थिए ।

Read More