Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको स्थलगत निरीक्षण गरेका छन् । डीआईजी केसीले बिहीबार स्थलगत निरीक्षण गरी सुदूरपश्चिम प्रदेश अन्र्तगत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरु आवश्यक निर्देशन दिएका छन् । उनले ओभरलोड, भवरलोड, क्षमता भन्दा बढी यात्रु बोक्ने, प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरु बोक्ने, रुट पर्मिट नभएका स्थानमा सवारी साधन चलाउने, नबिकरण फेल भएका सवारी साधनहरु पनि निर्वाध रुपमा चलाउने, क्षमता भन्दा बढी नदीजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै टिपरहरु गुड्ने, यदाकदा ट्राफिक प्रहरीहरुकै नियम उल्लघंनकर्ताहरुसंग अब्यवसायिक साँठगाँठ हुने जस्ता गतिविधीहरुलाई पुर्णतया…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई पार्टीको अध्यक्षको वैधानिकता नदिएको प्रति कडा टिप्पणी गरेका छन् । उनले त्यसलाई पार्टी सिद्ध्याउने खेल भएको बताएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी सिद्ध्याउने खेल । हामी हरेस खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ,बाघचाल हो भन्ने थाहै भएन ’ उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे,बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’ दुई महिना पहिले कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । तर, आज निर्वाचन आयोगले आज  उनलाई अध्यक्षको वैधानिकता…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपति कर्ण थापा तोकिएका छन्। नेकपा माओवादी केन्द्र निकट मानिने प्राध्यापक थापा उपकुलपति तोकिएका हुन्। उनी विश्वविद्यालयको कानून संकायका डीनसमेत हुन्। सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको र तत्कालीन उपकुलपतिको कार्यकाल सकिएपछि थापा तोकिएका हुन्। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन १८ गते सकिइसकेको छ। र यो पनि ! सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति बन्न जोशीद्वय र पाठकको दौडधुप

Read More

काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोगका सहसचिव एवम् कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराइले जानकारी दिए । उनका अनुसार आयोगको बिहीबारको बैठकले रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरेको हो । टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए । यस्तो छ आयोगको निर्णय

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागि भएसँगै सुदूरपश्चिममा पनि सरकारलाई दिईएको समर्थन फिर्ता लिएको हो । आज (विहीबार) बसेको संसदीय दलको बैठकले सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्ने भएका छन । बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र…

Read More

धनगढी : केन्द्रमा भएको राजनैतिक परिवर्तनको प्रत्यक्ष प्रभाव प्रदेशहरूमा पनि देखिएको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ सङ्कटमा पुगेको हो । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको छ । प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका थिए । २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकार सङ्कटमा परेसँगै नयाँ सरकार गठनबारे चर्चा हुन…

Read More

धनगढी: कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलले सरकारी जग्गामा रजगज गरेको आरोप लागेको छ। होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको हो। आरोपमात्र होइन, होटल क्षेत्रमा विरोधस्वरुप कालो ब्यानर नै टाँसिएको छ। हिजो (बुधबार) क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटका युवाहरुले कालो ब्यानर टाँसेका हुन्। नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ। हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो। सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो…

Read More

धनगढी: नेपाली सेनाले स्थापना दिवस मनाउने भएको छ। नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउदै आएकोमा यसपाली पनि दिवस मनाइदै छ। सोही अनुरुप सुदूरपश्चिमको धनगढीमा महाशिवरात्रीको दि सेना दिवस मनाउने तयारी छ। श्री सुदूरपश्चिम पृतना हेड क्वाटरद्वारा “महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने जनाइएको छ। यस्ता छन् आयोजित कार्यक्रमहरु

Read More

काठमाडौं: सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाशमा गएका छन्।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहेका न्यायाधीश खतिवडा उमेर हदका कारण अवकाशमा गएका हुन्। २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश थिए।

Read More

धनगढी: बैतडीका अग्रज पत्रकार जीतसिंह थापाको निधन भएको छ। नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्यसमेत रहेका अग्रह पत्रकार थापाको बुधवार साँझ ७३ बर्षको उमेरमा निधन भएको हो। स्रोतका अनुसार उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। थापाको दथरथचन्द नगरपालिका-८ पुजारागाउँ भट्टाडस्थित निवासमै निधन भएको हो। वि.सं. २००७ सालमा जन्मिएका थापाले लामो समय भारतीय राष्ट्रिय दैनिक अमर उजालामा काम गरेका थिए। स्वर्गीय थापाका श्रीमती, २ छोरा र १ छोरी छन्। उनी भुतपुर्व इन्डियन आर्मी पनि हुन्। उनले फौजम्मै हुदा पनि पत्रकारिताको अभ्यास गर्ने गरेको बताइन्छ। राम्रो लेखन क्षमता भएका उनले सामाजिक काम र पत्रकारितासँगै नेपाली काँग्रेसको राजनीति पनि गरेको निकटस्थहरुको…

Read More