Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए। भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो। तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो। शिक्षक शाह सोही विद्यालयका पूर्वहेडसर समेत हुन्।

Read More

धनगढी : प्रहरी नायब निरीक्षक (सई) पवन साउद दोषी ठहर भएका छन्। उनलाई विशेष अदालतले ३ महिना कैद र ३० हजार रूपैयाँ जरिवाना भएको छ। इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो। उनी बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। लागूऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो। उनलाई अख्तियारले ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

Read More

काठमाडाैं : सेवाग्राहीबाट एक लाख रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले पाँच महिनाको कैद सजाय सुनाएको हो ।अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार रहेका सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।उनी गत साउनमा अख्तियारको फन्दामा परेका थिए । सिंहले कुखुरे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएको भेटिएको थियो ।

Read More

काठमाडौँ : रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन्। रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन्। उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएकाे विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए। उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन्। रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ। सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले नक्कली कागजात बनाएर बैंकबाट ऋण लिएको आरोप लागेको छ। घर नै नभएको ठाउँमा घर देखाएर उनले तत्कालीन लक्ष्मी बैंकबाट ऋण लिएको आरोप लागेको हो। उपाध्यक्ष नाथले सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीको सहायतामा बेलडाँडी गाउँपालिकाबाट घर नक्सा प्रमाणीत कागजात बनाएकी हुन्। उक्त कन्सल्टेन्सीले विना आधारको ऐलानी जमिनमा घर बनेको नक्सा बनाएको थियो। उक्त घर नक्सा पास गर्न कन्सल्टेन्सीले प्रमाणीत गरेको फर्जी कागजात उनले २०७७ माघ २३ गते पालिकामा पेश गरेकी थिइन्। त्यसकै आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले घर नक्सा प्रमाणित गरेका थिए। उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ भित्रको नक्सा सिट…

Read More

काठमाडाैं : अवैधरुपमा अमेरिका पुगेका ८ जना नेपालीलाई स्वदेश फर्काइएको छ । उनीहरुलाई अमेरिकी चार्टर उडानको विमानले हिजो काठमाडौंमा झारेको हो । विभिन्न मुलुक हुँदै अवैधानिक रुपले अमेरिकाको विभिन्न राज्यमा प्रवेश गरेका उनीहरुलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले समातेको थियो । त्यसपछि ट्राभल डकुमेन्ट बनाएर ती सबैलाई चार्टर उडानमा अमेरिकी अधिकारीहरुले ल्याएका हुन् । फर्काइनेहरुमा अशोक छन्त्याल, छिरी शेर्पा, दिपेन्द्र अदाई, द्रोण अधिकारी, गणेश बोहरा, निमा शेर्पा, नयेन्द्र पुन र राजु बानिया रहेका छन् । अमेरिकी अधिकारीहरुले उनीहरुलाई विमानस्थलमा रहेको नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोका प्रतिनिधिहरुलाई बुझाएका थिए ।

Read More

अछाम: अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका-८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट अघाइते भएकी हुन्। बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

Read More

बैतडी : बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ। भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ गजिणका ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो। सिगास–९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर गएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ। उनी फागुन ९ गते गन्सुर गएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

Read More

धनगढी: खेलकुद परिषद्, सुदूरपश्चिमका सदस्य सचिव दिपक सिंहले परिषद्सँग बजेट न्यून रहेको बताएका छन्। हिजो (बिहीबार) धनगढीस्थित रंगशालामा आयोजित श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फुटबल प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन्। सिंहले परिषद्सँग डेढ करोड पनि बजेट नभएको अवस्थामा जेनतेन प्रतियोगिताहरुदेखि अन्य कार्यक्रम गरिरहेको बताए। यस्तै उनले सुदूरपश्चिममा बजेटका लागि चाकडी गर्नपर्ने अवस्था आएको भएपनी आफूले कसैको चाकडी नगर्ने स्पष्ट पारे। उनले आफूले माग गरेका धेरै कुरा प्राप्त गर्न नसकेको भन्दै अहिले पनि खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको दाबी गरे। यस्तै पछिल्लो राम्रो काम गरेर होइन, चाकडी गरेर बजेट पाउने अवस्था आएको पनि बताए। उनले भने, ‘यहाँ केही…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो । त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए । जोशीका अनुसार मंगलबारदेखि परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो। त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएका छन्। विद्यार्थीको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका रोगबारे अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक उपचार गर्ने उद्येश्यसहित स्वास्थ्य परीक्षण गर्दै विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यक्रम परशुराम नगरपालिकाकाले…

Read More