Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी विमानस्थलकाे पार्किङ शुल्कमा भारी बृद्वि गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ काे नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्ककाे सूची सार्वजनिक गरेकाे छ। भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएकाे कुलेमष्ट कन्स्ट्रक्सनले सूची सार्वजनिक गरेपछि विराेध भएकाे छ। नयाँ शुल्कअनुसार माेटरसाईकल, स्कुटर र रिक्साकाे प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पाे, लिमाेजिनकाे प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसकाे प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रककाे प्रतिघण्टा ९० र दिनकाे ५४० रूपैयाँ निर्धारण गरिएको छ। विगतमा विमानस्थलमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा प्रवक्ता फेरिएका छन्। मन्त्रालयको प्रवक्तामा हेमराज खड्कालाई हटाएर गणेश सिंहलाई ल्याइएको हो। खड्कालाई सट्याकसुटुक हटाएर विवादित सिंहलाई ल्याइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो विषय मन्त्री मेघराज खड्कालाई समेत जानकारी दिइएको थिएन। मन्त्रालयका सचिवले मन्त्रीलाई समेत जानकारी नदिएर प्रवक्ता फेरेको आरोप छ।

Read More

धनगढी: धनगढी विमानस्थल हुँदै अर्काकी पत्नीलाई भगाउन खोजेपछि एक युवक समातिएका छन्। विमानस्थल प्रहरीले युवकसहित महिलाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीले परपुरूषसँग भाग्दै गरेकाे अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-८ बस्ने अन्दाजी ३५ वर्षीया महिला रन्जना चौधरी समातिएकी हुन्। प्रहरीले वैदेशिक राेजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। उनी श्रीएयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटकाे फ्लाइटमा उड्ने तयारीमा थिइन्। तर बाेडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि साेधपुछ गर्दा महिला अर्कै पुरूषसँग काठमाडौं गइरहेको खुलेकाे थियो। उनलाई काठमाडौं लगिरहेकाे अवस्थामा सुनसरी घर भएर हाल दुबईमा राेजगारी गर्दै आएका अन्दाजी ३५ वर्षकै सुलेमान मनसुरी पनि समातिएका…

Read More

धनगढी: सुदूरपश्चिममा सत्ता पक्ष अर्थात नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम धामीले सरकारी गाडी कब्जा गरेको आरोप लागेको छ। धामीले तत्कालीन समयमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हैसियतले प्राप्त सवारी (गाडी) सुविधा फिर्ता नगरेर कब्जा गरेको पाइएको हो। प्रदेश सभा सचिवालयले धामीले पटकपटक गाडी फिर्ताका लागि आग्रह गर्दा पनि हालसम्म गाडी फिर्ता नगरेको जनाएको छ। उता धामीले भने आफूले चाडैं गाडी फिर्ता गर्ने दाबी गरेका छन्। आफ्नो सवारी चालकलाई समस्या परेकाले फिर्ता गर्न ढिलाई भएको उनको भनाई छ। तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले सत्ता समीकरण फेरिएर सरकारको नेतृत्वमा छ। तत्कालीन समयमा सरकारमा रहेको नेकपा माओवादी केन्द्र भने प्रमुख प्रतिपक्षी…

Read More

धनगढी: कञ्चनपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। पुनर्वास नगरपालिका–६ टाउन बस्ने १८ वर्षीय निकिता थापा बिहीबारम मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार उनी आफ्नै घरकोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। थापा मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको छ। थापा प्लस टुमा अध्ययनरत रहेकी थिइन्। प्रहरीले निकिताको मोबाइल बरामद गरेर थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस रेडियो नेपाल नजिक समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते सबैको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेकोे छ। घाइतेहरूको विवरण : १. डडेल्धुरा गन्यापधुरा गापा-२ रिठा बस्ने वर्ष २३ की सविता देउवा कानमा चोट, अवस्था सामान्य। २. डोटी दिपायल सिलगढी नपा-६ थाप्ला बस्ने वर्ष २९ को भोजराज धामी टाउकोमा चोट अवस्था मध्यम। ३. डोटी सायल गापा-४ गौरीगाउँ बस्ने वर्ष ८२ को तेजबहादुर सिंह टाउकोमा चोट अवस्था सामान्य। ४. डोटी…

Read More

धनगढी : कैलालीको धनगढीमा सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्को स्थानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान ८ बजेको समयमा कैलारी गाउँपालिका ५, बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ऐलानी २ निवासी ५५ वर्षीया पार्वती चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भइन्। उपचारका लागि निसर्ग अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरे। दुर्घटनामा संलग्न मोटरसाइकल चालक, ४० वर्षीय हरी प्रसाद चौधरी, पनि घाइते भएका छन् र उनको निसर्ग अस्पतालमै उपचार भइरहेको छ। उक्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। यस्तै, कैलालीकै घोडाघोडी नगरपालिका ३, जुरपानीस्थित एभर ग्रिन सहकारी…

Read More

धनगढी : डोटीमा बस दुर्घटना भएको छ । बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका-४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटनामा भएको हो । दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरू मध्ये एक जना अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उद्दार गरि उपचारका लागि सुजङ अस्पतालमा राखिएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो । धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ । युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी हवल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी चौकी भुजुवा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत हवल्दार डुक बहादुर खड्का घुस रकमसहित पक्राउ परेका हुन् । विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीमाथि आरोप छ ।…

Read More