Author: महेन्द्रनगर पोष्ट

धनगढी : शिक्षक सेवा आयोगले अहिले प्राथमिक तहको शिक्षकको मौखिक एवं अन्तिम परिक्षाको परिक्षाफल प्रकाशन गरिरहेको छ। १९ वर्षको कलिलो उमेरमै नाम निकालेपछि बझाङको बित्थडचिर गाउँपालिका १ का किशोर बोहरा चर्चामा छन्। सम्भवत: उनी देशकै कान्छा शिक्षक बनेका हुन्। उनै किशोरलाई अहिले बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ छ। २०७६ सालमा १४ वर्षमा एसईई दिएका किशोर १९ वर्षमा शिक्षक बनेका हुन्। बझाङमै उनका बुबा रामबहादुर पनि शिक्षण पेसामै छन्। बझाङको केदार माविमा १२ कक्षासम्म पढेका किशोर सानैदेखि पढाइ राम्रो दिए। घरमा बुबा शिक्षक भएर होला उनलाई पनि शिक्षक भएर सेवा गर्ने सपना थियो। ‘सुनकुडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा पढ्दै…

Read More

महेन्द्रनगर : नेपाल र भारतको सीमानाका रहेको टनकपुरस्थित नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। आज (शुक्रबार) टनकपुर शारदाघाट नजिकै नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो। भारतीय प्रहरीका अनुसार मृत्यु हुनेमा आमाछोरी समेत रहेका २८ वर्षीया कन्चन र उनकी छोरी ४ वर्षीया दिव्यान्सी रहेका छन्। उनीहरू भारतीय नागरिक हुन्। अहिले उनीहरूको शव प्रहरीले सनाखत गरिसकेको र थप अनुसन्धान भैरहेको बताइएको छ।

Read More

काठमाडौं : पूर्वमन्त्रीका छोरालाई चेकिङ (जाँच) गर्दा ९ प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। पूर्व बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीका छोरालाई चेकिङ गर्दा ९ प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको हो। सबैको जिम्मेवारी खोसेर अन्यत्र सरुवा गरिएको छ। घटना भएको तीन महिना बितिसक्दा समेत प्रहरीमाथि छानबिन गर्दै कारबाही अझै रोकिएको छैन। घटना ६ पुसको हो। बिहानको करिब ११ बजेतिर प्रहरी प्रभाग इमाडोलले प्रहरी बिट भन्दा केही अगाडि चेकिङ राखेको थियो। त्यस क्रममा ग्वार्कोतर्फबाट बागमती प्रदेश–०२–०३९ प ८३८१ नम्बरको बुलेट मोटरसाइकलमा तीन युवा बिना हेल्मेट आएपछि प्रहरीको चेकिङमा परेका थिए। घटना भएको दिन ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, तत्कालीन…

Read More

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले होली मिलन कार्यक्रम मनाएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लको प्रमुख आथित्यतामा स्ववियुले होली मिलन कार्यक्रम मनाएको हो । अनेरास्ववियुका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज दिपक धामी विशिष्ट अतिथि, क्याम्पस प्रमुख धर्मदेव भट्ट, अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राई, उपाध्यक्ष रोहित बोगटी, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रमोद खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य घनश्याम बम लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो रितिरिवाज युवा विद्यार्थीले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको स्ववियुका सभापति कुँवेर खड्काले बताए ।

Read More

बैतडी,दार्चुलामा एक महिला करेन्ट लागेर गम्भिर घाइते भएकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भिर घाइते भएकी हुन् । शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर घाइते भएकी हुन् ।तितराको शरिरका अधिकांश भाग जलेको छ, । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको छ ।शैल्यशिखर नगरपालिकाको बारिल भन्ने ठाउँमा तार भुईमै लत्रिएको अवस्थामा छाडिएको छ। विद्युत वितरण केन्द्रसँग बेलाबेला लाईन मर्मतको माग गर्दापनि कुनै सुनुवाई हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

Read More

कैलालीः कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह (पिआइटी)ले भजनी क्षेत्रबाट भन्सार छलिको ७० थान साईकलको टायर, एक सय थान सकाइलको चैनगरी १ लाख ४२ हजार रुपैया बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ५ प ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी । कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका(१ मोतिपुरमा शिकारीले थापोको पासोमा एक चितुवा परेको हो । दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले शिकारजन्य गतिविधीमा संलग्न गिरोहले बन्यजन्तु मार्नका लागि बिच्छ्याएको जालोमा चितुवा परेको बताए । ‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो,’ उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’ अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा सामान्य चोट लागेको बताउँदै उनले भने ‘शुरुमा हामी उद्दार…

Read More

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी भएको छ। बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको उनको भनाइ छ। उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो। बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ। स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर…

Read More

धनगढी: कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ निर्देशक (डाइरेक्टर) आएका छन्। केही समय अगाडी निर्देशक फेरिएका हुन्। तत्कालीन निर्देशक डा. प्रमोद जोशीको स्थानमा अहिले डा. विप्लव सापकोटाले जिम्मेवारी सम्हालिरहेको बताइएको छ। उनी अनुभवी चिकित्सक मानिन्छन्। उनी आएपछि उनले विश्वविद्यालय सञ्चालनको विषयलाई प्राथमिकतामा राखेको बुझिएको छ। गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब ५० करोडका भौतिक संरचना तयारी अवस्थामा छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारसम्म बाँकी भौतिक संरचना निर्माणको काम पूरा गर्ने जनाएको छ। सो मन्त्रालयले नै राष्ट्रिय सभामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेय पेस गरेको थियो। राष्ट्रिय सभाबाट विधेयक प्रतिनिधि सभामा गएको…

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा भएको घटनाप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुद्धारा सयुक्तरुपमा विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । वडा नं ७ का ६२ वर्षीय किसन सिंह धामीले बिहिबार बिहान ९ बजे कोदालो प्रहार गरी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका थिए, भने, दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका थिए । घाइतेद्वय कलौनी र भट्टको घरमा डेरागरी बस्दै आएका थिए । गाउँपालिकाले विज्ञप्ती जारी गर्दै उक्त घटना निकै निन्दनीय…

Read More