Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ। सोमबार स्वीकृत कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति…

Read More

डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले एक मृर्गौला पीडितलाई सहयोग गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ का मृर्गौला पीडित राम कैनीलाई उनले नगद १२ हजार सहयोग गरेका हुन्। यसका साथै मल्लले बेथस्दा बाल गृह लगायत ९ जनालाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन्। उनले खगेन्द्र ठकुराठी र कृतीबहादुर ऐरको समन्वय तथा वडासदस्य राम परियार र शारदा ओझाको रहोबरमा चामल, दाल, तेल, साबुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्। समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिब, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढीको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘स्ट्रिप रोपलाइट’ जडान गरिएको छ। जडित ‘स्ट्रिप रोपलाइट’को हिजो (आइतबार) साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे। रात्रीकालीन सौन्दर्यकरणका लागि धनगढी उपमहानगरपालिकाले ‘स्ट्रिप रोपलाइट’ जडान गरेको हो। पहिलोचरणमा ६ लेन सडकअन्तरगत पर्ने भारतको नाका जोड्ने त्रिनगर भन्सारदेखि मोहनपुरसम्म ‘स्ट्रिप रोपलाइट’ जडान गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। ‘स्ट्रिप रोपलाइट’ को उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई नमुना सुन्दर शहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए। उनले ६ लेन सडकमा जडान गरिएको ‘स्ट्रिप रोपलाइट’ले धनगढीको रात्रीकालीन सौन्दर्यलाई बढाउने बताए। उपमहानगरले ३१ लाखको लागतमा ६ लेन सडकका…

Read More

धनगढी : कैलालीमा एक महिला पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्। सम्पर्कविहीन हुनेमा जिल्लाकाे गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार रहेकी छन्। उनी फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी बताइएको छ। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए। सुनीताका ससुरा विनोद परियारका अनुसार, उनी राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी थिइन्। तर, अहिलेसम्म पनि घरमा आएकी छैनन्। भारतमा रहेका उनका श्रीमान उनी हराएपछि घर फर्किएका छन्। सुनिताका ४ छोराछोरी छन्।

Read More

बझाङ : बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : कञ्चनपुरमा स्थानीयको लाखौँ रकम ठगेर एक महिला फरार भएकी छन्। फरार हुनेमा जिल्लाको बेलौरी नगरपालिका-१० घर भएकी लक्ष्मी जोशी रहेकी छन्। उनी बेलौरीका स्थानीयबाट पैसा ठगेर फरार भएकी हुन्। उनले बेलौरी-८ का महेशसिंह विष्टबाट १८ लाख ५३ हजार, बेलौरी-१० शिवनगरकी शान्ति थापाको एक लाख ५० हजार, बेलौरी-१० शिवनगरकै हिमानी खड्काको ३ लाख २० हजार र शिवनगरकै सुनिता जोशीको परिवारबाट ८ लाख रुपैयाँ लगेकी छन्। उनले प्राय सबैसँग घरायसी खर्च भनेर मागेको बुझिएको छ। उनले कलकत्तामा कस्मेटिक पसल पनि सञ्चालन गरेकि थिइन्। पीडित महेशका अनुसार सुरुमा लक्ष्मीका बुढाले सो रकमको तमसुक बनाएर ६ महिनाको भाका दिएका थिए। भाका सकिएपछि…

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा एकजना कलेज सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ रहेका छन्। गुरुङलाई आज (सोमबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याइएको संलग्न भएको पाइएपछि गुरुङलाई राजधानीबाटै पक्राउ गरिएको छ। पर्वत फुलबारी–२ घर भएका गुरुङ यसअघि फरार थिए।

Read More

धनगढी : नेकपा एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुंगानाले वादी समुदायकि महिलाकाे उपचारका लागि आर्थिक सहयाेग गरेका छन् । मृगौलाकाे पत्थरीकाे शल्यक्रिया गर्न सेती प्रादेशिक अस्पताल भर्ना भएकी अछामको मंगलसेन नगरपालिका-५ कि सरिता वादीकाे उपचारका लागि ढुंगानाले सहयाेग गरेका हुन्। आज (साेमबार) बिहान प्रादेशिक अस्पताल पुगेर ढुंगानाले वादीका श्रीमान प्रेम वादीलाई सहयाेग वापत १५ हजारकाे चेक हस्तान्तरण गरेका हुन् । उनले आर्थिक अभावमा वादीकाे उपचारमा समस्या भएकाे थाहा पाएपछि थाेरै भएपनि राहत पुगाेस् भनेर सहयोग गरिएको बताए।

Read More

रौतहट : मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल एक्सनमा उत्रिएका छन्। डीआईजी पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ। डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन्। आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला…

Read More

धनगढी : आइतबार दार्चुलाकी २० वर्षीया प्रमिला धामी  मृत फेला परिन्।  उनी महेन्द्रनगरको कटानस्थित भीमदत्त नगरपालिका–१८ को सभाहलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। आइतबार सभाहलमा बिहानै योग-ध्यान गर्नेहरूले सभाहलको ढोका खोलेर भित्र बस्दा उनीहरूले महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महराकी पत्नी हुन्। प्रेम सम्बन्धपछि ५/६ महिनाअघि मात्र उनीहरूले बिहे गरेका थिए। प्रमिला वडा कार्यालयमा ओजीटीमा रहेका बेला नगर प्रहरी महरासँग प्रेममा परेकी थिइन्। यसपछि बिहे गरेको केही महिनामै प्रमिलाले प्राण त्यागेकी हुन्। नगर प्रहरीलाई वडा कार्यालयमा बसोबासका लागि ‘क्वाटर’ दिइएको छ। नगर प्रहरी महरा श्रीमतीसहित वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। वडा कार्यालयको रेखदेखको…

Read More