Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो । धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ । युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी हवल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी चौकी भुजुवा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत हवल्दार डुक बहादुर खड्का घुस रकमसहित पक्राउ परेका हुन् । विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीमाथि आरोप छ ।…

Read More

धनगढी : बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी मावि, खैरकोटका प्रधानाध्यापक (प्रअ) बिरेन्द्रसिंह धामीले आफूमाथि हातपात भएको बताएका छन्। उनका अनुसार स्थानीय जगदीश धामीले विद्यालयको कार्यकक्षमै प्रवेश गरेर हातपात गरेका हुन्। मंगलबार दिउँसो शिक्षकहरूसँग कार्यालयमा छलफल गरिरहेको अवस्थामा जगदीश धामीले हातपात गरेको प्रअ धामीले जानकारी दिए। “जगदीश भूपू कास हुन्। उनले कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिए। म यसबारे प्रहरीमा निवेदन दिन तयारी गरिरहेको छु,” प्रअ धामीले भने। उनका अनुसार, आफूलाई कास पदबाट किन हटाइएको र पुनर्बहाली गर्नुपर्ने भन्दै जगदीशले आक्रमण गरेका हुन्। प्रअ धामीले जगदीशलाई कास पदबाट हटाउने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकबाट गरिएको बताए। “उनले…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेकी साइपाल शिक्षा सदनमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी जानकारी दिइएको छ। विद्यालयले बिहीबार कक्षा ७ देखि १० सम्माका छात्र–छात्राहरूलाई साइबर अपराध सम्बन्धी जानकारी दिएको हो। बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा कार्यक्रम गरिएको शिक्षक नवराज जोशीले बताए। सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग रोक्न र विद्यार्थीहरूलाई सम्भावित दुर्घटनाबाट बच्ने उपाय बताउन साइबर अपराध सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको शिक्षक जोशीले बताए। कम उमेरका बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिमका रहेकाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मल्ल र हवल्दार दिनेश ढांँटले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई…

Read More

धनगढीः भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध भदौ १ गते शनिवार विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ। बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो। बाँध खोलेको वेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह…

Read More

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । २७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए ।

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा माओवादी विभाजित भएको छ । लामो समयदेखि गुटबन्दीमा रुमलिएको माओवादी संसदीय दल स्पष्ट रुपमा दुई धारमा देखिएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदा माओवादी प्रस्ट दुई धारमा विभाजित भएको देखियो । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् । माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै…

Read More

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्र र नियामक निकायबीच तादम्यता नमिल्दा शासन प्रणाली नै जाम हुने खतरा भएको बताएका छन् । बेलाबेला यस्तो अवस्था देखिने गरेको बताउँदै उनले प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुखसँग धेरैपटक छलफल गरेर समाधानको प्रयास गरेको बताए । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो अप्ठेरो हटाउनुपर्नेमा प्रचण्डको जोड छ ।  उक्त ऐन संशोधनका लागि बनेको विधयेकमाथि आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उनले अख्तियारको कामबाट कर्मचारीतन्त्रमा आतंक फैलिने गरेको अनुभव सुनाए।   राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन जरुरी रहेकोमा उनको…

Read More

काठमाडौं : आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।  सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् ।यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए। त्यहाँ उनले राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्प अर्पण गरी प्रार्थना गरे।  नरेन्द्र मोदीले ट्विट गर्दै स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। मोदीले लेखेका छन्, सबै देशवासीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना, जय हिन्द।’

Read More