Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका एसएसपीहरुको बढुवा अन्यायपूर्ण भएको भन्दै विवादमा परेको छ। अस्ति मध्यरातमा गरिएको डीआइजी बढुवा सिफारिस विवादमा परेको हो। अन्यायपूर्ण तरिकाले जुनियरलाई बढुवा गरिएको भन्दै विवाद र आलोचना चुलिएको हो। अस्तिमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका थिए। बढुवा सिफारिस समितिले पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल, दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको छ। हाल तीन डीआईजीको दरबन्दी…

Read More

काठमाडौं : सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।  सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । आइतबारका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् । 

Read More

दार्चुला : नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको हो । प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली उत्तरी नाका तिङ्करमा खटिएको दार्चुला प्रहरीले जनाएको छ । भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली गएको बिहीवार नै तिङ्कर नाकातर्फ पठाएको थियो ।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ । अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए । उनकाअनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।

Read More

बुटवल : अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज  बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको  इलाका  प्रहरी कार्यालय बुटवलले जनाएको  छ। अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर   दिएको थियो । पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएरको छ अघि । 

Read More

काठमाडौँ : प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । आजैको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् । सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण…

Read More

काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यद्धपी प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो। ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा काठमाडौँको तार्केश्वर-९, मनमैजुमा घिमिरेको हत्या भएको हुनसक्ने अनुमान गरिएको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Read More

धनगढी : कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा भएपछि कुरो प्रहरीसम्मै पुगेको छ। जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरु हिजो (शनिबार) खानीडाँडा पिकनिकमा गएका थिए। सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा ४ जनाविरुद्ध उजुरी गरेका छन्। त्यहाँका डीएसपी दिपेन्द्र पालका अनुसार उनीहरू सबैलाई आज बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ। पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको बताइएको छ। घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका छन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए। बहुमुखी क्याम्पसमा अध्यापन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। हिजोबाट कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको हो। गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। यो अवधिमा सरकार गठन र विघटन लिनेबाहेक अन्य कुनै काम हुन नसकेको हो। गत फागुन १७ गते सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको थियो। त्यस्तै माघ २४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएकोमा प्रदेश सभामा सैद्धान्तिक…

Read More

धनगढी: प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताएका छन्। (आज) शनिबार नमुना युवा संसद् अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे। बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ। धनगढीमा युवा परिषदको आयोजनामा उक्त ४ युवा नमुना संसद् अभ्यास गरिएको थियो। सो कार्यक्रमको आज समापन…

Read More