Author: महेन्द्रनगर पोष्ट

धनगढी : नयाँ गठबन्धनको सरकार बनेसँगै सुदुरपश्चिमका दुई जना सांसद मन्त्री बनेका छन्। मन्त्री बन्नेमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारी मन्त्री बन्ने भएका छन्। बैतडीबाट प्रतिनिधीसभामा निर्वाचित भण्डारी दोश्रो पटक उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री बनेका हुन्। भण्डारी यस अघि केपी ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए। भण्डारी तेश्रो कार्यकालका लागि मन्त्री बनेको अवसरमा उनको गृहनगर पाटनमा दिपावली मनाइएको छ । लगातार तीन पटक संघीय चुनाव जित्दै तेश्रो पटकका लागि मन्त्री पदमा पुगेको अवसरमा साझँपख पाटनमा दीप प्रज्वलन गरि दिपावली मनाइएको नेकपा (एमाले) बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । यस्तै एकीकृत समाजवादी पार्टीबाट…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ११ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार गर्ने नाममा ८४ लाख ८६ हजार रुपैयाँ सरकारी रकम नोक्सान गरेको तर नर्सरी स्थापना नै नभएको भन्दै अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीविरुद्ध मुद्दा चलाएको…

Read More

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय…

Read More

धनगढी : बझाङबाट निर्वाचित प्रतिनिधिसभा सासंद भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुने भएका छन् । तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन (पाँच दल)का तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जोशी १२ बर्षपछि क्याबिनेटमा फर्किएका छन् । नेकपा एमालेका युवा नेता ऐन महरलाई पराजित गरेका जोशीले दोस्रो पटक सिंहदरबारको यात्रा तय गरेका हुन्। यसअघि जोशी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति थिए । जोशी एमालेमा साढे ४ दशक समय बिताएका र अहिले एकीकृत समाजबादी नेता हुन । छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी जोशी २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन…

Read More

धनगढी : कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छिन । क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा परिचालन गरिएको र, विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

महेन्द्रनगर : भारतमा लोकसभा चुनाव लक्षित नेपाल-भारतको सीमा सुरक्षा समन्वयको बैठक बसेको छ। बनबासामा बैठक बसेको हो। स्रोतका अनुसार नेपाल-भारत सीमा सुरक्षा समन्वय र सुरक्षा निकायसँग मित्रता बैठकले विभिन्न विषयमा छलफल गरेको छ। जसमा मुख्य रुपमा भारतको लोकसभा निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कडा प्रबन्ध मिलाइने सहमति भएको छ। बनबासाको एनएचपीसी गेस्ट हाउसमा दुवै देशका अधिकारीबीच भेटवार्ता भएको थियो। जसमा भारतीय प्रहरी उपरीक्षक अजय गणपति, कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक चक्रराज जोशी, गड्डाचोकी राधा कृष्णनाथ, एसएसआई ट्राफिक भुवन विक्रम श्री अनुराग, सशस्त्र सीमा बल डेपुटी कमाण्डेन्ट ५७ गण, सहायक कमाण्डेन्ट एसएसबी रामनारायण विश्वास लगायतका अधिकृतहरुको सहभागिता रहेको थियो।

Read More

काठमाडौं : नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ । नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको हो । जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो । उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।

Read More

धनगढी : केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका नेकपा माओवादीका मन्त्रीले क्वार्टर नछोडेको पाइएको छ। हिजो (मंगलबार) मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए। उनीहरुलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। तर, हिजै बर्खास्तीमा परेका वनमन्त्री धामीले अहिलेसम्म पनि सरकारी क्वार्टर नछोडेको पाइएको छ। मन्त्री धामीले भोलिमात्रै मन्त्री निवास छोड्ने बताएका छन्। उनले आफ्नो घरमा निर्माण कार्य चलिरहेको भन्दै निवास नछोडेका हुन्। धामीले आज बिहान पनि निवासको छतमै पत्रकार सम्मेलन पनि गरेका थिए। उता…

Read More

 धनगढी : राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ । “विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए । “पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल…

Read More

काठमाडौं : आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए। ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट…

Read More