Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका १३०६ जना सहायक हवल्दारको बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयमा रहेको मानव स्रोत विकास विभागका अनुसार बिहिवार उक्त संख्यामा बढुवा तथा पदस्थापन गरिएको हो । सूची https://drive.google.com/file/d/1ldZbSyywyK–kmWA91sikgr0WbD3BVrC/view

Read More

धनगढीः बहुविबाह मुद्दाका धनगढीको फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका-१५ उर्माका ३५ वर्षीय कुबेर चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी-२ ट्राफिक चोकबाट पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ।

Read More

धनगढी : सुदूरपश्चिममा माओवादीका केन्द्रीय सदस्यहरूले बिना मगरलाई सह-इन्चार्ज नमान्ने भन्दै बैठक बहिष्कार गरेका छन् । जुनियरलाई सह-ईन्चार्ज बनाएको विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । नेताहरु धर्मराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सह-ईन्चार्जमा मगरलाई जिम्मेवारी तोकिएको थियो । प्रदेश इन्चार्ज पोख्रेल, सह-ईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् । गत स्थायी समितिको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाएका छन। लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालय र खुशीराम डङ्गौरा थारुले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन । दुवै जनाले बिहीबार पदभार ग्रहण गरेका छन। केही दिन अगाडि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरुलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। नाउपाको हिजो टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्टै मुख्यमन्त्री शाहले सो पार्टीबाट बिना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन । नागरिक उन्मुक्ति पार्टीले यसअघि आर्थिक मामिला मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेको छ। प्रदेश सभामा…

Read More

धनगढी : कैलालीको गोदावरीमा शव फेला परेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ५५ वर्षीय रामबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठीक नभएका नेपाली बुधबारदेखि हराएका थिए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । नेपालीको मृत्युको कारण भने खुलेको छैन ।

Read More

धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा नयाँ सचिव आएका छन्। तत्कालीन सचिव ज्ञानप्रसाद ढकालको सरुवा भएपछि नयाँ सचिवको रुपमा चक्र पाणि पाण्डे आएका छन्। यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि नयाँ सचिवको रुपमा कमान सिंह खत्री आएका छन् भने लोकसेवा आयोगको सचिवमा पुष्कर न्यौपाने आएका छन्।

Read More

धनगढी: नेपाल र भारतसँग सीमानाका जोडिएको भारतीय बजारमा एकजनाको दिनदहाडै गोली हानेर हत्या गरिएको छ। नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा एकजनाको गोली हानी हत्या भएको हो। आज (बिहीबार) नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ। बाबा तरसेम सिंहलाई दुईजनाले गोली हानेर हत्या गरेका थिए। अहिले मृतकको शव डेरामै ल्याइएको छ भने डेरामा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि पुगेका छन्। यस्तै हत्याराको पहिचान भैसकेको वरिष्ठ भाजपा नेता भवानीसिंह भण्डारीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार हत्यारा पन्जाव र विलाशपुरका भएको…

Read More

धनगढी: कैलालीको कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव भेटिएको छ। चैत्र १२ गते चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लम्की चिसापानीका ३२ वर्षीय लोकेन्द्र शाहीको शव भेटिएको हो। उनको आज (बिहीवार) टीकापुर नगरपालिकास्थित वडा नम्बर २ को नदी क्षेत्रमा शव फेला परेको कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले बताए। उनका अनुसार मृतकको शव सन्कट्टी घाटमा फेला परेको हो। मृतकले होली पर्वको दिन नदीमा हाम फालेका थिए। उनीसंगै अन्य १६ जनाले पनि कर्णाली पुल माथिबाट हाम फालेका थिए। तर उनीहरू सकुशल बाहिर निस्किएका थिए। बेपत्ता भएकालाई खाेज्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे गाेताखाेर खटिएको थियाे।

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई आत्महत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन्। डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई गोप्य अंग देखाउन लगाएको तथा सोही क्रममा स्क्रीन सटगरी सामाजिक सञ्जालको ग्रुपमा शेयर गरी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ। सोबारे प्रहरीलाई सबै जानकारी दिइसकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दलबहादुर महराले बताए। सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन्। उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ। किशोरीको कोठामा ‘सूसाइड नोट’ पनि फेला परेको छ। उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन्।  सूसाइड नोटमा परिवार र…

Read More

काठमाडौं: एमाले नेता तथा पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुको चालमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएराति भर्ना गरिएको छ। चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको बताइएको छ। रायमाझीलाई रिँगटासँगै मुटुको चाल कम भएपछि भर्ना गरिएको थियो। आज रातिसम्म उनको मुटुको चालको अध्ययन गरेपछि चिकित्सकहरुले थप उपचारको बारेमा बताउनेछन्। नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका रायमाझीलाई प्रहरी सुरक्षामा अस्पताल लगिएको हो। यस्तै उता नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको पनि शल्यक्रिया भएको छ। हिजो बुधबार भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल, सकेटमा उनको हाइपरथाइरोडिजम(घाँटीमा रहेकाे थाइरोइड ग्रंथी) को शल्यक्रिया भएको…

Read More