Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको हो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो। ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ। 

Read More

धनगढीः हुलाकी राजमार्ग, धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ। कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाइएको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीमा क्रान्तिकारी युवा संगठनले शुक्रवार बिहान ताला लगाएको हो। कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई कर्मचारीले संरक्षण गरेको आरोप संगठनको छ। हुलाकी राजमार्ग निर्माणको काम अलपत्र गर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ।

Read More

डोटी : कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरूप ओखरमा ‘टप ओर्किङ’ गरेको छ। हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ। हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन्। दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। परीक्षण स्वरूप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए। सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको…

Read More

बैतडीः बैतडी स्याउला काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको बिहिबार स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । घनजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।बोहराको घरमा श्रीमान र तीन छोरा छन् ।

Read More

पुनर्वास : कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने मेसिन सहयोग गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराइएको हो । झण्डै एक लाख ५८ हजार बराबरको एक थान ब्रेथलाईजर मेसिन खरिद गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतको उपस्थितिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीलाई हस्तान्तरण गरिएको छ । मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गरेर दुर्घटना न्यूनिकरण हुने अपेक्षाका साथ सहयोग गरिएको बताए । मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई…

Read More

धनगढी : धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरिक्षक जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले होटल सञ्चालक कालुराम चौधरीसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङको केदारस्यु-३ का जय बहादुर खत्री, टिकापुर-६ का सिउपाल चौधरी, धनगढी-५ का रोहित खड्का र कञ्चनपुरको भिमदत्त-४ का प्रकाश मडै रहेका छन् । प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम शुरु भएको छ । युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम आज चैत १ गते देखि शुरु भएको हो । तालिमको उद्घाटन सत्रमा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले ब्यवहार परिवर्तन तालिमले समग्र नगरको स्वास्थ्य सेवाको गुणस्तर वृद्धीमा टेवा पुग्ने बताए । उनले सहभागिहरुलाई सक्रियतापुर्वक सहभागिता जनाउन आग्रह गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गरे । उनले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । कर्मचारीको…

Read More

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन सुरु भएको । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन्। पार्टी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेपछि बन्दसत्रमा प्रवेशसँगै नयाँ नेतृत्वको प्रक्रिया सुरु भएको छ। एमाले नवौँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप कञ्चनपुरमा समेत नवौँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन हुनेछ। एमाले कञ्चनपुरको नेतृत्व (अध्यक्ष)का लागि चार नेता आकांक्षी देखिएका छन्। अहिले एमाले कञ्चनपुरमा अ नेतृत्वको आकांक्षी देखिएको एमाले नेताहरूले बताएका छन्। कञ्चनपुरमा नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी छ। ‘सकभर हामी नेतृत्व सहितका पदाधिकारी सदस्य सहमतीय आधारमै…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको घटनाको कारण खुलेको छ । बिहीबार भएको कार्यपालिका बैठ्कमा हाकिममाथि भएको कुटपिटको कारण जनप्रतिनिधीहरुको व्यक्तिगत स्वार्थपुर्ती नभएको बुझिएको छ । केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतसँग उनले रिसिइवी राखेको बताइएको छ । परशुराम नगरपालिका-६ का वडाध्यक्ष खगेन्द्र सिंहको भनाई यस्तो छ !कार्यपालिकामा माओवादीबाट विजयी भएका साथीहरूले प्रमुख प्रशासकीय जोशीसँग रिसीभी बोकेका थिए। किनभने उपमेयरका बुढाले राहतबाट दुइरतीन परीक्षा दिनुभएको थियो। तर, पास भएन्। व्यक्तिगत त्यो रिसीभी तिनीहरूले बोकेका थिए। शिक्षा शाखा प्रमुखसँग विवाद…

Read More

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो । तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै जोशीमाथि कुटपिट भएको थियो । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका…

Read More