Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।  सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । उनले नेपालको कानुनी व्यवस्थाका आधारमा दर्ता भई सञ्चालन भए टिकटक प्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन । शर्माले बुधवार मात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको धारणा राखिन उनले आगामी मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसद्मा पठाउने र त्यसपछि बृहत् छलफल गर्दै…

Read More

काठमाडौँ : जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने भएको छ । पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदानबाट प्रक्रिया स्थिगत भएको छ । अब सबै पदको चयन सहमतिबाट हुने भएको छ भने पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरेर सबै पदमा सहमतिबाट चयन गर्ने भएका छन् । यादव भने यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । अब अध्यक्षले पदाधिकारीको नाम महाधिवेशन हलमा प्रस्तुत गर्ने त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ । यस अघि आज १२ बजेदेखि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको मतदान…

Read More

धनगढी: धनगढीका २ होटलमा प्रहरीले छापा हानेको छ। धनगढी उपमहानगरपालिका २ धनगढी गाउँ स्थित छाया होटल र चौराहस्थित बुढीनन्दा होटलमा छापा हानिएको हो। हिजो (बुधबार) वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ती होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा छाया होटल धनगढी गाउँकीसाहुनी ४० वर्षीया शुशीला चौधरी र उनको होटलमा यौनव्यापारमा संलग्न युवती ३२ वर्षीया निर्मला चौधरी रहेकी छन्। यस्तै बुढीनन्दा होटलकी साहुनी रिता जोशी र सो होटलमा कार्यरत २२ रिया मगरलाई प्रहरीले पक्राउ गरेको हो। अहिले सो सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी: कर्णालीको पुलको लट्ठा चुडिएपछि पुल पार गर्दै गरेका मध्ये १४ वटा खच्चड पुलकै बिचमा अड्कियो। स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन। तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाए। आज उनले गरेको कार्यको सबैले प्रशंसा गरेका छन्। लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएका खच्चरको ज्यान बनाउन सफल भयो। गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भयो। अछामको पञ्च देवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका…

Read More

काठमाडौं :  मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द हुुँदा दुवैले अंक बाँडेका थिए । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अमेरिकाको दक्षिणी…

Read More

काठमाडौं : रुसी सेनामा कार्यरत थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार योसँगै रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या अब २५ पुगेको छ । जेठ २० सम्मको तथ्यांकअनुसार २५ जनाको मृत्यु भएको बताइएको छ । उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई र रुसी सरकारले नेपाली दूतावासलाई जानकारी दिएको हो  ।

Read More

काठमाडौं: अवकाशप्राप्त गरेर घर जाने बेला भएका एआइजीद्वय श्यामलाल ज्ञवाली र एआईजी भीमप्रसाद ढकाल नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधी हटाउन लागिपरेका छन्।उनीहरु गृहसचिव एकनारायण अर्याललाई पनि विश्वासमा लिएर सेवा अवधि हटाउन कस्सिएका हुन्। अवकाश नजिकिदै गर्दा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एआईजी ज्ञवाली र मानवस्रोत विभागका कार्यरत एआईजी ढकाल ३० वर्षे सेवा अवधी हटाउने अभियानमा लागेको स्रोतले जनाएको छ। अहिलेकै अवस्थामा ३० वर्षे सेवा अवधी कानुन बनाएर लागु गर्न सम्भव नभएपछि उनीहरुले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर अध्यादेशमार्फत आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखिन्छ। प्रहरीमा ३० वर्षे सेवा अवधीका बारेमा वर्षौदेखि बहस चल्दै आएको छ। तर सो बहसले मूर्त रुप भने…

Read More

काठमाडौँ : ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।  गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Read More

काठमाडौं : अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने भएका छन ।  अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको हो । पछिल्लो दस महिनामा पर्यटक भिसाबाट विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ३६ हजार नाघेको बताइएको छ ।  विज्ञप्तिमा ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः सोही भिसामा अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उल्लेख छ ।  अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार यो नियम जुलाई १ देखि लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् । मन्त्री ओनिलले गत वर्ष जारी गरिएको…

Read More

काठमाडौं : कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा भवनमा रहेका पाँच जना नेपाली मध्य तीन जना घाइते भएका छन्। दुई जना सुरक्षित रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। बुधबार विहान कुवेतमा आप्रवसाी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो। आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भै रहेको छ। उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ। दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ। त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ। श्रम, रोजगार तथा…

Read More