Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले यस्तो निर्णय गरेको हो । माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको कांग्रेस नेता रमेश लेखकले बताए । अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएकाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्ने समझदारी भएको उनले बताए ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् । जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले  बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताए। जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने छ ।…

Read More

काठमाडौं : डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माइतीघरमा प्रदर्शन गर्ने क्रममा केसी सहित ९ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै…

Read More

सर्लाही : प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको सर्लाहीको बरहथवामा कर्फ्यू हटाए पनि निषेधाज्ञा लागू गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शनिबार आदेश जारी गर्दै आइतबार बिहानसम्म निषेधाज्ञा लागू गरिएको जनाएका छन्। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म बरहथवामा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। स्तरोन्नति गरिएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि स्थानीय सरकारले नै सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको थियो। शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले गोली चलाएपछि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो।

Read More

धनगढीः कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा साइकल सेन निर्माण गरिएको छ। कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। आज(शनिबार) उक्ति लेनको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम  सरकार हेरफेर गर्न आग्रह गरेका हुन्। टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विक सहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने माग गरेका छन्। राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउदलाई फिर्ता बोलाउन…

Read More

काठमाडौं : नेपाली सेनाले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवससरमा पदयात्रा गर्ने भएको छ ।  शाहले तत्कालीन समयमा नेपाल एकीकरणका दौरान प्रयोग गरेको मार्ग हुँदै सेनाले गोरखा दरबारदेखि काठमाडौँसम्म पदयात्रा गर्न लागेको हो । भोलिदेखि शुरु हुने पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा गर्ने र पुस २७ गते जंगीअड्डामा विशेष कार्यक्रमका बीच पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  पदयात्रामा सहभागी फौजले राष्ट्रिय झण्डा, सेनाको आरम्भकालीन पाँच कम्पनीहरु श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी गणको झण्डा र दीपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका- ६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका -४ का भेषराज शाही पक्राउ परेका हुन्। खड्का भीमदत्त नगरपालिका-१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। खैरभट्टीस्थित नन्दा जोशीको घरमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे । फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई…

Read More

बैतडी : बैतडी घर भएका एक किशोर घनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ वर्षीय मोहित कुँवर शुक्रबार बिहानदेखि बेपत्ता रहेका उनका बुवा अमरबहादुर कुँवरले बताए ।  धनगढीको एलान्इस इन्टरनेश्नल मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत कुँवर शुक्रबार बिहान कोठाबाट विद्यालय जान्छु भनि निस्केका र त्यसपछि बेपत्ता रहेका पारिवारिक स्रोतले बताएको छ ।  सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेको कुँवरले बताए । मोहितले बोकेको मोबाइलको स्वीच अफ गरिएको छ । कसैले मोहितलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८०६४७६ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More