Author: महेन्द्रनगर पोष्ट

धनगढी: छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो। भोलिदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले जानकारी दिए। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसैबीच, प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ। प्रतियोगितामा भाल लिएका क्लका कप्तान सहित टफी सार्वजनिक गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन्। प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ। प्रतियोगिताको…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित आलिताललाई सरसफाई गरिने भएको छ। आलिताल गाउँपालिका र रणबम गण डडेल्धुराको संयुक्त आयोजनामा त्रिदिवसीय ताल सरसफाई कार्यक्रम राखिएको हो। ‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीनदिने ताल सरसफाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मैनाकुमारी रावल बोहराले जानकारी दिइन्। उनका अनुसार ताल सरसफाई अभियान यहीँ पुस ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न…

Read More

धनगढी : सामाजिक सञ्जाल फेसबुकमा एक जना प्रहरी हवल्दारमाथि केही व्यक्तिले हातपात गरेको भिडियो भाइरल भइरहेको छ। नेपाल प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि हातपात भइरहेको भिडियो कैलालीको गौरीफन्टा नाकाको भएको खुलेको छ। भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले पुष्टि गरे। ३ पुसमा भुल उपचारका लागि भारत गइरहेका भाइलाई गाडीसम्म पुगाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमीमा प्रवेश गरेका थिए। सोही क्रममा उनीमाथि भारतीय व्यक्तिले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए। ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ। सुरुमा गालामा हात राखेर कुराकानी गरेको र…

Read More

धनगढी: धनगढीमा नेपाल प्रहरीका पूर्व सई नै समातिएका छन्। आज (बिहीबार) पूर्व सई मदन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय धनगढीको भ्यानमार्फत जिप्रका कैलालीमा पुगाइएको थियो। धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको बुझिएको छ। धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले पुष्टि गरे। तर, उता धामीले भने त्रिनगर प्रहरी चौकीका प्रहरी प्रमुख रमेश खड्काले आफूलाई अनाहकमा कुटेको आरोप लगाएका छन्। आफूलाई चोट लागेको दाबी गर्ने धामीको मेडिकल चेकजाँच पनि गरिएको स्रोतको भनाइ छ।

Read More

धनगढी : कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो। राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए। उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ। राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उनले बताए। सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको उनले जानकारी दिए। पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान…

Read More

काठमाडौं: सर्वोच्च अदालतका ६ न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेपछि आज उनीहरुले शपथ लिएका हुन्। त्यसअघि संसदीय सुनुवाइ समितिले उनीहरुलाई न्यायाधीशका लागि अनुमोदन गरेको थियो।

Read More

धनगढी : कैलालीमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको चुरे गाउँपालिका– १ बस्ने दानबहादुर विक रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी महेन्द्रनगरको अनुसन्धानको टोलीले बिहीबार कैलालीको चुरे गाउँपालिका– १ बस्ने विकलाई २ थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो। प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले पक्राउ गरेका विकबाट दुई पिस कस्तुरी बरामद गरेको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेकोले विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ। कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी नगरपालिका– १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ। साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ।

Read More

डडेल्धुरा: एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ। तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन्। २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको उक्त विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ। निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए। ‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो,’…

Read More

धनगढी: प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ। मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो। एपिएफकी ओपनर ज्योती पाण्डेले नटआउट ४९ रन र इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। पाण्डेले ४८ बलमा ९ चौका र बर्माले ४४ बलमा ४ चौका हिर्काए। त्यसअघि कप्तान सीता रानामगर ४ रनमै आउट भएकी थिइन्। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ८७ रन जोड्यो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन जोडिन्। बलिङमा…

Read More