Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल सुपर लिगमा झापा एफसी शीर्ष चारमा पुगेको छ। आज दशरथ रंगशालामा भएको खेलमा द‍ोस्रो स्थानको धनगढी एफसीलाई २-० गोलले पराजित गर्दै झापा चौथो स्थानमा उक्लिएको हो। धनगढीले लिगमा पहिलो हार बेहोरेको हो। झापाको जितमा अन्जन बिष्टले ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे। जितसँगै झापाले ७ खेलबाट १० अंक बटुल्दा धनगढीको १२ अंक छ।

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो। महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएकाले महानगरपालिकाले जनाएको छ।  सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ।

Read More

अछाम: अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ। बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो। कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए। साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए। बिहीबार उनको अन्त्येष्टि गरिने छ। शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए।

Read More

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन(मिटर ब्याज) पीडितहरूलाई सहजीकरण र समन्वय गरेकाे भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएकाे अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको हाे। प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेकाे सम्मान पत्रमा अनुचित लेनदेन पीडितकाे मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहाेरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ । 

Read More

काठमाडौं : तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् । स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक आज काठमाडौंमा बसेको थियो । सो वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बतायो । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ । काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ ।

Read More

काठमाडौँ : नेपालको कर्णाली प्रदेशका भूकम्प पीडितहरूलाई दक्षिण कोरियालीले तीन लाख अमेरिकी डलर (झण्डै ४ करोड रुपैयाँ) सहयोग गरेको छ । उक्त रकम संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिने काठमाडौँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ । उक्त रकम कोरियाका राजदूत तेयोङ पार्कले गत कात्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको थियो । साथै, कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएका थिए । कोरियाका राजदूत तेयोङ पार्कले यूएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध रहेको बताए ।…

Read More

धनगढीः कैलालीमा गोदावरीमा जिपलाइन सञ्चालनमा आएको छ। करिब २ करोडको लागतमा जिल्लाको गोदावरीमा धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिपलाइन सञ्चालनमा ल्याएका हुन्। धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले बुधवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिपलाइनको उद्घाटन गरेका हुन्। जिप लाइनको उद्घाटन गर्दै मन्त्री देउवाले जिप लाइनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । गोदावरी पुलभन्दा ४ सय मिटर माथि रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनमा यात्रा गर्ने व्यवस्था मिलाइरहेको छ । जिप लाइनले गोदावरीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि गोदावरी पुग्ने…

Read More

डडेल्धुरा : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको लिमिटेडले शाखा डडेल्धुरामा बिस्तार गरेको छ।  बुधबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सको सिइओ नरेशकुमार रोकाले शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै डडेल्धुरा शाखाका प्रमुख किरन ऐरले सरोकारवाला सबैसँग हातमालो गरेर अगाडि बढ्ने बताए। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड नेपालमा लघुबीमा व्यवसायको विकास, प्रबर्द्धन तथा व्यवस्थापन गरी न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका वासिन्दा तथा सिमान्तकृत समुदायको सम्पत्तिको सुरक्षाको प्रत्याभुति गरी सो वर्गका मानिसहरुको जीवनस्तर माथि उकास्ने मुख्य उद्देश्यसहित सञ्चालनमा आएको जानकारी दिए। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स १२ पाैष २०७९ मा नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भइ नेपाल बिमा प्राधिकरणबाट २८ चैत २०७९ मा लघु…

Read More

काठमाडौँ : रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ । त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुनः अनुरोध गरिएको मन्त्रालयले…

Read More