Author: महेन्द्रनगर पोष्ट

सुर्खेत : पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी भएको छ । भेरीगंगा नगरपालिका-४ हर्यमा बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो । मंगलबार आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएकाे छ । दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका १७२ जना सशस्त्र प्रहरी सहायक हवल्दारहरू सशस्त्र हवल्दारका लागि बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति र हाल रिक्त रहेको उक्त १७२ पदका लागि बढुवा सिफारिस भएको हो । यो सिफारिस उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ । सूचीः apf-haldarDownload

Read More

काठमाडौं : नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको पत्र काटेको छ। निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन्। पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए। प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले बताए। अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो।

Read More

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २४ करोड ७५ लाख भारुमा कोलकत्ता नाइट राइडर्समा अनुबन्ध भएका छन। यो मूल्यसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने। यूएईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क सबैभन्दा महँगा खेलाडी भए। यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो। स्टार्कलाई अनुबन्ध गर्नका लागि कोलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा कोलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो।

Read More

दार्चुला : नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार दुई जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकैदिनमा पक्राउ गरेको छ। विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले सोमवार दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ का प्रेमसिंह बुढाथोकी र लेकम गाउँपालिका-१ का एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए। बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने लेकम गाउँपालिका-१ का नाबालकलाई नकबजनी चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना…

Read More

काठमाडौं : अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन्। यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे हाे। यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए। गएकाे वर्षकाे मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे। कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र राेयल च्यालेन्जर्स बेङ्ग्लाेरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे। कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन्। फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे।

Read More

धनगढी: कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा सेटिङ भएको बुझिएको छ। खोलाका माफियाहरुकै कब्जा रहेको सो ठेक्कामा नगरपालिकादेखि प्रदेश सरकार र अख्तियारसम्मै सेटिङ गरिएको बुझिएको हो। जसमा पुरै महाकाली नदीको इआइए गरेर ठेक्का लगाउनुपर्नेमा घाटहरुको अलग अलग आइईई गरेर ठेक्का लगाइएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार ढिलोगरी ठेक्का लगाइएको महाकालीको रोयल्टीमा अख्तियारका आयुक्त समेत रहेका जयबहादुर चन्दलाई अख्तियार मिलाउन जिम्मा दिइएको छ। जसका लागि रकमको समेत मोलमोलाइ भएको स्रोतको दाबी छ। लाखौं रकम दिएर भएपनी अख्तियारसमेत मिलाउने सेटिङ गरिएको स्रोतको भनाई छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि महाकालीको ठेक्का हत्याएको छ। झण्डै ३ महिना ढिलोगरी…

Read More

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने माग गरेका छन्। मंगलवार बुटवलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए। उनले भने, ‘यहाँका नेता, शासक र प्रशासकहरूमा संघीयताको पक्षमा मनोवृत्ति छैन। यहाँको भूगोल त्यही किसिमको छ। छिमेका ठूला देश छन्। अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ। संघीयतामा जान पार्टी मात्रै दोषी छैनन्, यसमा अन्तरराष्ट्रिय शक्तिले दबाब दिए, फसे। जनताले पनि बुझ्न सक्नुभएन।’ उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्री पाल्नु बाध्य भएको बताए।

Read More

धनगढी : कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ। जिल्लाको गोदावरी नगरपालिका-२ वनखेतस्थित सो जिमले सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो। जिमको पहिलो स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको क्लबका सञ्चालक भीम खडायतले जानकारी दिए। जिम क्लबले यसअघि पनि जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान गरेको थियो भने ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन खातामा पठाएको थियो।

Read More

काठमाडौं : कृषि ज्ञान केन्द्र कालिकोटमा भएको भ्रष्टाचार प्रकरणको मुद्दामा ज्ञान केन्द्रका तत्कालीन प्रमुखसहित १३ जनाले सफाइ पाएका छन्। ६६ लाख बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै विशेष अदालतले १३ जना प्रतिवादीलाई सफाइ दिएको हो। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको सोमबारको इजलासले उनीहरुलाई सफाइ दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ चैत ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। कलिकोटको सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। अख्तियारले कृषि…

Read More