Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल सुपर लिग (एनएसएलं) मा आज काठमाडौं रेजर्स र धनगढी एफसीबीच खेल हुँदैछ। यी दुई टोली सोमबार एनएसएलको दोस्रो संस्करणमा खेल्दा यो सिजनको ‘हाई भोल्टेज’ खेल हुने छ। यस्तै दुई टिम पुराना प्रतिद्वन्द्वी पनि हुन्। २०७८ सालमा भएको पहिलो संस्करणमै यी दुई टोली तीन पटक भिडेका थिए। जसमा लिग चरण र क्वालिफायरमा धनगढी विजयी भएको थियो भने फाइनलमा धनगढीविरुद्ध बदला लिंदै काठमाडौं एनएसएलको पहिलो च्याम्पियन बनेको थियो । एनएसएलको एकै सिजन एक आपसमा तीन खेल खेल्ने काठमाडौं र धनगढी नै हुन्। त्यसैले पनि यसपटक यी दुई टोलीबीच खेल हुँदा पुराना प्रतिद्वन्द्वीको झल्को आउँछ नै, यस सिजन प्लेअफ पुग्ने…

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा अर्थात् छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी सुदूरपश्चिमको हिमाली जिल्लासमेत रहेको दार्चुलाका विद्यार्थीहरुलाई न्यानो ज्याकेट प्रदान गरिएको छ। हालै दार्चुलाका तीन विद्यालयला छात्राछात्रहरुलाई न्यानो ज्याकेट प्रदान गरिएको हो। सोअर एक्सन नेपालले प्रदान गरेका न्यानो ज्याकेटहरु हन्ड्रेड (१००) ग्रुपसहितको टोलीले हस्तान्तरण तथा वितरण गरेको हो। हन्ड्रेड ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ता नेपालले दार्चुलाका ३ विद्यालयमा ज्याकेटहरु वितरण गरिएको जानकारी दिए। उनका अनुसार सो क्रममा सोअर एक्सन नेपालका डाइरेक्टर कर्मा शेर्पासहितको टोली पनि उपस्थित थियो। जिल्लाको जगन्नाथ आधारभूत विद्यालय, भवन माध्यमिक विद्यालय र भगवती आधारभूत विद्यालयमा ज्याकेट दिइएको बताइएको छ। यी संस्थाहरुले यसअघि देखि नै नेपालका हिमाली जिल्लामा ज्याकेट वितरण गर्दै आएका छन्।

Read More

कैलालीः प्रधानमन्त्री (पीएम) कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते शुरू हुने भएको छ। बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी हुनेछन्। गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले जानकारी दिए। प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस ८ गते दार्चुला र डडेल्धुरा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलबाट २.४२ ग्राम लागूऔषध (खैरो हेरोइन)सहित बेदकोट नगरपालिका-१० का ३० वर्षीय धनिराम कामी आइतवार पक्राउ परेका हुन्। आइतवार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई भारतबाट नेपाल तर्फ आउदा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ। चेकजाँच गर्दा उनले प्रयोग गरेको मोटरसाईकलको हेडलाइटको भाइजरमा लुकाइ राखेको अवस्थामा लागुऔषध फेला पारी भारतीय नम्बर प्लेटको मोटरसाईकल एक थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : जीवन समर्पित गरेको जागिरमा बढुवा भएको कसलाई मन नपर्ला र ! झन् सुरक्षा निकायमा बढुवाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। कामको मुल्यांकन नै बढुवाले गर्ने भएकाले सबै कर्मचारीले त्यो सपना देखेका हुन्छन्। यस्तै एउटा सपना देखेका थिए, रबिन्द्र (रमेश) भट्टले। पहाडी जिल्ला डडेल्धुराबाट राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका उनी अनुसन्धान सहायक (असई)को रुपमा कर्यरत थिए। हाल कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल बस्दै आएका उनी केही दिनअघि बढुवा भएर असईबाट सई भएका थिए। तर, उनी ड्युटी गर्दागर्दै बढुवा भएका हैनन्, उनको बढुवा अस्पतालको शय्यामा सुतेका बेला भएको थियो। त्यसको मतलब अनुसन्धान विभागले उनको कामको मुल्यांकन गर्दै बढुवा गरेको थियो, त्यो…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। उक्त कम्पन्न प्रदेशका विभिन्न जिल्लामा महसुस भएको थियो।पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्।

Read More

काठमाडौं: सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो। स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ।

Read More

काठमाडौं : नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो। 

Read More

गुल्मी: गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्। पक्राउ परेकाहरुले सोधपुछका क्रममा बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको बताएको डिएसपी पाण्डेले बताए।

Read More