Author: महेन्द्रनगर पोष्ट

धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट गरेको फोन संवादका क्रममा देउवाले बालकृष्ण खाँणलाई छुटाइदिन आग्रह गरेको खुलेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटबाट अगाडि बढ्दै डडेल्धुरा पुगेपछि ओलीले देउवालाई फोन गरेका थिए। ओली र देउवाबीचको कुराकानीको भिडियो ओलीले सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए। सामाजिक सञ्जालमा फोनवार्ताको ४२ सेकेण्डको भिडियो राख्दै ओलीले देउवाले काठमाडौंबाट डडेल्धुरामा स्वागत गरेको उल्लेख गरेका थिए। ‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गरेका उनले देउवासँग फोनमा भनेका थिए, ‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’ उनले देउवालाई भनेका छन्, ‘राम्रो छ यतातिर। तपाईंको जिल्लामा…

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि कैलालीको धनगढी आउने भएका छन्। धनगढी उप–महानगरपालिका–१, पशुपतिटोलमा आयोजित ‘सुदूरपश्चिम महोत्सव–२०८०’ मा सहभागी हुन उनी धनगढी आउन लागेका हुन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नुहुने उनका स्वकीय सचिव रमेश मल्लले बताए। संघका पदाधिकारीहरुले हिजो उनलाई भेटेर कार्यक्रमको उद्घाटनका लागि निमन्त्रणा दिएको थियो। संघले हरेक वर्ष ‘सुदूरपश्चिम महोत्सव’ को आयोजना गर्दै आएको छ। १७ औं संस्करणको महोत्सव भोलिदेखि शुरु भएर पुस २ गते समापन हुनेछ।

Read More

बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुङ्गा लागेर एक महिलाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छन्। बिहीबार गाउँनजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनकाे मृत्यु भएको वडा नम्बर ३ का वडाअध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन्। घाँस काट्दै गरेको बेला एक्कासी भीरबाट ढुंगा खसेर टाउकोमा चोल लागेपछि विष्ट घाइते भएकी थिइन्। घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन्।

Read More

धनगढी : सिप्रदी अटो पार्टस् प्रालिले कैलालीको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरहरुको भेला गरेको छ। गएको मङ्गलवार भएको भेलामा टाटाका सामानहरुको सही तथा सक्कली प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो। कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको सही प्रयोगले ग्राहकहरुलाई फाइदा पुग्ने बताए। कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ।

Read More

काठमाडौं : सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो। समितिको सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणिन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। समितिलाई एनसेल शेयर खरिदबिक्री चलखेल प्रकरणमा अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ।

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ। हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो। आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ। हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ। विवाहको सिजन भए पनि सुनचाँदीको भाउमा आएको उतारचढावका कारण कारोबार खासै नभएको व्यापारीले बताएका छन्

Read More

काठमाडौं : मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो। रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेका हुन्। जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो। यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए। पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने…

Read More

डडेल्धुरा : डडेल्धुरामा ४ जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता आजबाट सुरु भएको छ। बिहीबार अमरगढी नगरपालिका– ३ मा रहेको रामलिला मैदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले खेलको उदघाटन गरेकी हुन्। प्रदेशका चार जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिए। जोशीका अनुसार उक्त प्रतियोगीतामा डडेल्धुरासंगै दार्चुला, अछाम र डोटीका महिला टिमको सहभागिता रहेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, अछाम र बाजुराको खेल कैलालीस्थीत तेघरी सैनिक बिद्यालयमा सञ्चालन भइरहेको जोशीले बताए। खेलाडीहरुको क्षमताका आधारमा वर्गिकरण गरि छनोट गर्न लागिएको प्रदेश क्रिकेट संघले जनाएको छ।   राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट…

Read More

काठमाडौं: अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भएका प्रहरी महानिरीक्षक .आइजिपी) बसन्तबहादुर कुँवर स्वदेश फर्किएका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइजिपी कुँवरसहितको टोलीलाई स्वागत गर्न नेपाल प्रहरीका एआइजी, डिआइजी लगायत प्रहरी अधिकृतहरू पुगेका थिए। इन्टरपोल महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म महासभा संचालन भएको थियो। महासभामा नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालका प्रमुख रहेका आइजिपी कुँवर नेतृत्वको टोली र इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेट र छलफल भएको थियो। इन्टरपोलको भडिओ प्रतियोगितामा नेपालले ‘लेट्स सेभ द प्लानेट– इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडिओ सर्वोत्कृष्ट घोषित भएको थियो।

Read More

विन्दु चन्द, बैतडीः सुदूरपश्चिमको पहाडी जिल्लामा अहिले पर्वको रौनक छाएको छ। सुदूरपहाडमा तिहारपछि लाग्ने मेलालाई ठूलो पर्वका रुपमा मानिन्छ। दसैंतिहारभन्दा ठूलो पर्व पहाडी जिल्लामा मेला जात्रालाई मान्ने गरिन्छ। दसैंतिहारको समयमा घर नआएका परदेशी दाजुभाई तथा पराइ घर अर्थात् प्रदेशमा बस्ने दिदीबहिनीहरू पनि वर्ष दिनमा लाग्ने मेला (जात्रा)मा माइती घर आउने गर्छन्। तिहारपछि विभिन्नि शक्तिपिठमा लाग्ने मेला (जात्रा)को रौनक बढेको छ। प्रत्येक वर्ष दशैंतिहारपछि पहाडी जिल्लाका शक्तिपिठ मन्दिरहरुमा मेला लाग्ने गर्छ। देवी देवताको पुजा अर्चना गरिन्छ। तर, विडम्बना वर्ष दिनमा आउने यी मेला पर्वमा भने महिलाहरुमाथी विभेद नै छ। महिलाहरुलाई मठ मन्दिरमा जान बन्देज गरिन्छ। हरेक क्षेत्रमा विभेद छ। प्राकृतिक, मौलिक,…

Read More