Author: महेन्द्रनगर पोष्ट

कास्की:  आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती रहेका छन्। घर्ती आफ्नै २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका हुन्। उनले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन्। त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए। लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको…

Read More

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका—९ नेपाल भारत सीमा नाका नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ८ हजार ७ सय ५० मूल्य बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। फेला पारेका उक्त माछा आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्। तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरे । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनु पर्ने उनको भनाइ थियो। उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीतिअधिवेशन गर्दैछ। त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवाइ बहस नटुङ्गिए पछि आजसम्मका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ। हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन। शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन्। गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए। सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो। र, यो पनि : नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, कारण यस्तो

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका छन्। उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन् सानेपा छिरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो। कांग्रेस संस्थापन…

Read More

कञ्चनपुर : कञ्चनपुरमा किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशी रहेका छन्। किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन्। बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको उनले बताए। पुस १० गते साँझ जोशीले घर नजिकै बोलाइ बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

बाजुरा: जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए। उनका अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया घाइते भएका छन्। जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ

Read More

काठमाडौं- जाजरकोटकी द्रोपती(नाम परिवर्तन) अहिले मानसिक तनावमा छिन्। सर्वस्व सुम्पिएका आफ्नौ प्रेमीले धोका दिएर बेइज्जत गरेको घटना अहिले पनि उनले बिर्सन सकेकी छैनन्। उल्टै ती प्रेमी भनिएका भुपेन्द्र ठगुन्नाको परिवाबाट धम्की त गाली खाइरहेको उनी सुनाउँछिन्। टिकटकमार्फत परिचय भएका भुपेन्द्र नेपाल प्रहरीमा कार्यरत थिए। त्यो बेला सर्वोच्च अदालतमा काम गर्ने भुपेन्द्रको घर बैतडी भएको द्रोपतीले बताइन्। टिकटक हुँदै विभिन्न संजालमार्फत मायाजालमा फसेकी उनलाई भुपेन्द्रले गत वर्षको मंसिर १५ गते काठमाडौं बोलाए। बागबजारमा रहेको साथीको कोठामा बस्दै आएकी उनलाई भेट्न भुपेन्द्र आइरहन्थे। त्यो ३ महिनाको बसाईका दौरान उनीहरुबीच धेरैपटक शारीरिक सम्बन्ध स्थापना भएको थियो। उनले भनिन्, ‘विवाहको प्रलोभन दिँदै उसले निरन्तर…

Read More