Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरी नायब उपरिक्षक(डीएसपी पूर्णीमा चन्द काठमाडौं प्रहरीको पुलिस अफ दी मन्थ घोषित भएकी छन् । काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख चन्दलाई मंसिर महिनाका लागि पुलिस अफ दी मन्थ अवार्ड प्रदान गर्ने भएको हो । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

धनगढीः बझाङ दरबन्दी भएका एक प्रहरी सम्पर्कविहिन भएका छन् । डोटी सायल गाउँपालिका वडा नम्बर ५ घर भएका सुदूरपश्चिम प्रदेश इकाई बझाङमा दरबन्दी भई कार्यरत प्रहरी लक्ष्मणबहादुर थापा दुई महिनादेखि सम्पर्कविहिन भएका हुन्। उनी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत फेला नपरेको भन्दै सूचना नै जारी गरिएको छ। उनलाई ७ दिनभित्र गैरहाजिरी हुनुको कारणसहित सम्पर्क गर्न भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सूचित समेत गराएको छ। उनी २०८० कात्तिक ७ गतेदेखि प्रहरीको सम्पर्कमा छैनन्।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउने छ ।

Read More

काठमाडौँ : नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय हुने प्रवक्ता कार्कीले बताए। आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो ।

Read More

डडेल्धुरा : डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। गन्यापधुरा गाउँपालिका– २ का रामप्रसाद जोशीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल ७ हजार ३३७ परिचयपत्र पुगेका हुन्। तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियो।

Read More

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन्। उनको बुधवार बिहान मृत्यु भएको हो। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको जानकारी दिए। उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन्। कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए।

Read More

काठमाडौं :  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ। त्यस क्रममा उसले आज बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो। यो मधेशको चौथो हार हो। मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो। सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन्। रुबी पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहे। अन्तिम २ बलमा एक रन चाहिएको अवस्थामा साउदले चौका हान्दै टिमलाई जिताइन्। मधेशका लागि…

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा बझाङले लगातार दाेस्राे जित दर्ता गरेकाे छ। दाेस्राे जित दर्ता गर्ने क्रममा बझाङले डडेल्धुरालाई ३ विकेटले हरायाे। जितका लागि पाएकाे १६३ रनकाे लक्ष्य बझाङले २८.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे। जसमा सन्दीप भण्डारीले ४१ रनकाे पारि खेले। डडेल्धुराका निरज ऐेरले ३ विकेट हात पारे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे डडेलधुरा ३१.५ ओभरमा १६२ रनमा अलआउट भयाे । उसका सुवेश रावलले अविजित ४३ रन हिर्काए। बझाङका कप्तान सञ्जय बाेहराले ४ र पारस राेकायाले ३ विकेट लिए। सञ्जय खेलका म्यान अफ द म्याच चुनिएका…

Read More

भजनी : पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ। सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन। अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो। परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए। “आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ”, उनले भने, “टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो।” टीकापुरको…

Read More

काठमाडौं : लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमित कार्य गर्ने दुई जना कारबाहीमा परेका छन्। आगामी एक वर्षसम्म लोकसेवाले लिने कुनैपनि परीक्षामा सामेल हुन नपाउने गरी उनीहरुलाई कारबाही गरिएको हो। सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी सचिन पटेल र लक्षिमा खड्काले आफ्नो उत्तरपुस्तिका च्यातेको पाइएकोले कारबाही गरिएको आयोगले जनाएको छ। लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसुरमा आयोगले उनीहरुलाई कारबाही गरेको बताएको छ।

Read More