Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्धविरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् । इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको आज अन्तिम दिन हो । इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन । इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्झौताको तेस्रो दिन हमासले बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेको केही घण्टापछि हमासले लामो युद्धविरामका लागि तयार रहेको…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई १ लाख जरीवाना तिराएको छ । सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालिद्वारा बजारमा ल्याइएको सिल गरिएको बोटलको पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो भने इन्डस्ट्रिजलाई सुझाव समेत दिएको छ । अनुगमन समितिले पानी कम्पनीलाई आगामी दिनमा पानीको बोतलमा ध्यान दिन सुभाव दिँदै पानी भर्नुअघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको सरुवा भएको छ। हिजोमात्रै ढकालको सरुवा प्रदेश नीति तथा योजना आयोग बाग्मती प्रदेश कार्यालयमा भएको हो। सुदूरपश्चिम आएको छोटो समयमै हिजो उनको सरुवा भएपछि गणेश सिंहले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगको टसलका कारण ढकाल आफैं सरुवाका लागि धाइरहेका थिए। मन्त्रालयमा आएदेखि मन्त्री झपट साउदले सचिवलाई अनावश्यक दबाब दिदै आएकाले उनी आजित बनेर सरुवाका लागि लागिरहेका थिए। केही समय अगाडी मात्रै कर्मचारीहरु सरुवाको क्रममा मन्त्री साउदले सचिव ढकाललाई प्रेसर दिएर सरुवा गर्न लगाएको भन्दै उनीहरुको टसल झन बढेको मन्त्रालय स्रोतको दाबी छ। उता मन्त्रीलाई पनि सचिव ढकालको सरुवाले…

Read More

पर्सा : पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो । छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढलेका थिए । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा…

Read More

काठमाडौं: धनगढी झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडा कार्यालयबाट खरिद गराएका बिजुलीका चिम नक्कली भएको खुलेको हो। लाइटहरुको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएकोमा नक्कली प्रमाणीत भएको बुझिएको छ। धनगढीका विभिन्न क्षेत्रका सडकका पोलमा हालै चिमहरु र स्मार्ट स्ट्रिट लाइटहरु जडान गरिएका थिए। उपमहानगरले धनगढीको मुख्य सडक छ लेन, ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडसमेत स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियो। तर ती लाइटहरु नक्कली परेको (आइएसओ प्रमाणित नभएको) र जडित बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको जनाएको छ।…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो। आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

Read More

धनगढीः धनगढी उपमहानगरकालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण गर्ने भएको छ। आइतबार एक सूचना जारी गर्दै उपमहानगरभित्र बसोबास गर्ने नगरबासीलाई विद्युतीय चुलो वितरण गर्ने भएको हो। उपमहानगरकालिकाले नविकरणीय उर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत सहभागितामूलक विद्युतीय चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए। विद्युतीय चुलोका लागि नगरबासीले यहीँ मंसिर १८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने र उक्त कार्यक्रममा लागतको ३० प्रतिशत रकम स्वयंमले नगदै व्यहोर्नुपर्ने नगरप्रमुख गोपाल हमालले बताए।

Read More

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Read More

अहमदावाद : भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा…

Read More

काठमाडौँ : एक महिलाले युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाएर ठगी गरेको पाइएको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी ३ लाख ३० हजार बढी ठगी गरेको पाइएको प्रहरीको साइबर व्यूरोले जनाएको छ । यसरी ठगी गर्नेमा पाँचथर फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको प्रहरीले जनाएको छ। उनले युकेको नागरिक हुँ, विवाह भएको छैन भनी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ। ठगिएपछि पीडितले…

Read More