काठमाडौँ: पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ जनामा झरेको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: भुटानी नेता टेकनाथ रिजाललाई आज र भोलि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।
डडेल्धुराः सनराइज बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ बागबजारमा प्रहरी बिट निर्माण गरेको गरेको छ । बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बजार अर्थात् बसपार्क क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि एक थान बिट निर्माण गरिएको हो । अमरगढी नगरपालिका, वडा कार्यालय र प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको उनले बताए । बैंकलेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
दार्चुलाः दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको व्यास–१ को कुन्ति भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले बताएको हो । यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । त्यस्तै, ऐतवालसँगै गएका पुष्कर ऐतवाल घाइते भएको प्रहरीले बताएको छ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् । कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवानासँग इन्गेजमेन्ट गरेका हुन् । पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।
कञ्चनपुर: कञ्चनपुरका तीन पालिकामा आधुनिक साइरन जडान गरिएका छन् । जिल्लाको पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा आधुनिक साइरन जडान गरिएका हुन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहजीकरण,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि पहिलो पटक आधुनिक (साइरन प्रणाली) जडान गरिएको नेपाल रेडक्रस सोसाइटी स्ट्रोङ परियोजना शुक्लाफाँटा नगरपालिकाका पालिका सहायक देवबहादुर महराले बताए । यो प्रणालीले सम्भावित विपद्बारे सर्वसाधारणलाई सूचित गर्नेछ । साइरन प्रणालीमा सिमकार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट सूचना प्रवाह गर्न सकिने बताइएको छ । प्रणालीले ध्वनी मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी…
डडेल्धुराः दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन्। प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको थियो। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो। त्यसपछि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सागर ढकालले केही महिनाअघि मात्रै डडेल्धुरा आएको र आफू बस्ने घर चुहिने भएको भन्दै…
काठमाडौँँ: हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार माछा मार्न नदीमा गएका अदानचुली–२ का ३७ वर्षीय छक्क बुढा बेपत्ता भएका हुन् । माछा मार्न जाल बोकेर पौडी खेल्दै कर्णाली पार गर्न खोजेका बुढा दिउँसो डुबेका गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।
धनगढीः कैलालीको घोडाघोडी ताल अवलोकनका लागि घोडा सवारीको व्यवस्था गरिएको छ । स्थानीय धनबहादुर शाहीले आफ्नो पुर्ख्यौली जिल्ला कालीकोटबाट २ ओटा घोडा ल्याएर आन्तरिक तथा वाह्य पर्यटकलाई घोडाघोडी ताल घुम्ने सुविधा दिएका हुन् । शाहीले विश्व रामसार सूचिमा सूचीकृत भएर देश विदेशमा नाम कमाएको घोडाघोडी तालमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्यले दुई लाख भन्दा बढी खर्चेर घोडा ल्याएको बताए । धनबहादुरलाई घोडा सवारीमा उनका फुपूका छोरा विनोदकुमार शाहीले साथ दिएका छन् । भीड भएका बेला दुवै जनाले पालैपालो गरेर घोडामा सवारी गराउने गरेका छन् ।
काठमाडौँ: नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य…