Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ। भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ। सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार मंसिर १० गते आइतवारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने छन्। ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल…

Read More

धनगढी : कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गर्ने भएको छ। मंसिर ९ गते (नोभेम्बर २५)आफ्नो १०३ औं स्थापना दिवसमा विश्वविद्यालयले कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गर्न लागेको हो। लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लेखकले लखनउ विश्वविद्यालयमा बिए, एमए र एलएलबी (कानुन) को अध्ययन गरेका थिए। पूर्व भौतिकमन्त्री समेत रहेका लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत हुन्।

Read More

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि(शुक्रबार) स्थानीय बिदा दिएको छ। भोलि लाटागन्यापमा हुने प्रसिद्ध बडाल जाँतको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ। लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ। डडेल्धुरा लगाएत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन्। ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो…

Read More

काठमडौं : भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा हिजो नेपाल आइपुगेका छन्। भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजो बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो। राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ।

Read More

काठमाडौं : धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। धनकुटा नगरपालिका–१ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन्। टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए। उनीहरुकी ६ वर्षीया छोरी भने सकुशल छिन्। टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेको अनुसन्धानबाट…

Read More

काठमाडौं : नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्दैछन्। युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन्। दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन्। सोही प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेको छ। प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको हो। सडकमा निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन प्रहरीले आग्रह गरेको छ।…

Read More

सुर्खेत: भूकम्पका कारण पीडित बनेका थप दुई जनाको ज्यान गएको छ। बुधबार कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरी र नलगाड नगरपालिका–४ की २८ वर्षीया धनकुमारी खत्रीको मृत्यु भएको हो। ज्यान गुमाएका गिरी दमका रोगी थिए । योसँगै अत्यधिक चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुगेको छ। त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्प पीडितले धमाधम ज्यान गुमाउन थालेका छन्। यसअघि भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा २/२ तथा छेडागाड र जुनेचाँदेमा १/१ जनाको ज्यान गइसकेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–४ स्थित समैजी सामुदायिक वनभित्र रहेको समैजी खोलामा हिजो(बुधबार) साँझ शव फेला परेको हो। उक्त शव कृष्णपुर–१ पिपरैया बस्ने अन्दाजी ६० वर्षीय बन्धु रानाको रहेको प्रहरीले जनाएको छ। शव फेला परेपछि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

जाजरकोट : जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक  भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।  प्रहरी नायव महानिरीक्षक  ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालीकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको छ । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चार भवन भत्किएका छन् । बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

Read More