Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट ५२० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिकाका दुई युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ का १९ वर्षीय आरिक अन्सारी र गोदावरी नगरपालिका-३ का २२ वर्षीय योगेन्द्र जोशी सोमबार दिउँसो पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन। चार वर्षअघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो। भवन निर्माण भएको एक वर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा…

Read More

डोटी: डोटीमा उद्योग बाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ। उद्योग बाणिज्य संघकाअनुसार हरेक  महिनाको १० र २५ गते व्यापार व्यवसाय बन्द हुनेछ। सोमवार डोटी उधोग बाणिज्य संघको आव्हानमा बसेको बैठकमा व्यापारीहरूको आम भेलाले बजार बन्द गर्न दबाव दिएको थियो। डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरि संघले निर्णय गरेको बताए। पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएको हो। संघले होटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता…

Read More

धनगढी : कैलालीमा एक वृद्धको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० अम्बैयाका ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको हो। बडुवालको आफ्नै घरको आगनमा आगोमा परेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुचारु हुने भएको छ। एमआरआई सेवा सुचारु गर्न सेतीले हिजो मेसिन ल्याएको हो। अब चाँडै मेसिन जडान गरेर सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले जानकारी दिए। सुदूरपश्चिमको खस्थायी मुकाम धनगढीमा अवस्थित अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए। एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ। त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ। ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ। मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका…

Read More

बाजुरा : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा सदैव प्रतिवद्ध र इमान्दार हुनु पर्नेमा जोड दिएका छन्। जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका लागि बाजुरा पुगेका आईजीपी कुँवरले शान्ति सुव्यवस्था विना देशको विकास र समृद्धिको आधार नै निर्माण गर्न नसकिने धारणा राखेका छन्। बाजुरामा निर्माण गरिएको प्रहरीको प्रशासनीक भवन, ब्यारेक, हिरासत, निवास तथा मेश घरहरुको सयुक्त उद्घाटन गर्न आईजीपी कुँवर बाजुरा आइपुगेका हुन्। प्रहरी कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा कुँवरले भवन उद्घाटनसँगै प्रहरीले दिने सेवा प्रवाहमा समेत सुधार हुने बताएका छन्। सुरक्षित र सुविधासम्पन्न भवन निर्माणले प्रहरीको मनोवल बढ्नुका साथै उर्जा र हौसला थपिएको विश्वास…

Read More

काठमाडौँ : नेपाल प्रहरीमा तीन वटा डीआईजी पद थप गर्न प्रस्ताव गरिएको छ। प्रहरीको प्राविधिकतर्फ तीन वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको हो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ, नेपाल प्रहरी केनाईन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ। डीआईजी थपका लागि गृहमन्त्रालयले अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो। तीन वटा विभागका लागि डीआईजी थपको प्रस्ताव भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनका अनुसार यी प्रस्तावहरू छलफलकै क्रममा छन्। यी प्रस्ताव गरिएका पदका लागि लागि पनि व्यक्तिहरू तयार भइसकेका छन्। यसका लागि आईजीपी बसन्तबहादुर कुँवरसँग नजिक रहेका प्रहरी अधिकारीहरूले दबाब बढाएका थिए। साइबर…

Read More

कञ्चनपुर : राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस कञ्चनपुरले ८ जनाको नाम सिफारिस गरि पठाएको छ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेसबै क्लस्टरमा ८ जनाको नाम सिफारिस गरि पठाएको हो। काँग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार सबै क्लस्टरमा आकांक्षी उम्मेदवारहरुको नामावली सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पठाएको नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए। उनकाअनुसार खुल्लातर्फबाट केन्द्रीय सदस्य यज्ञराज जोशीसहित चार जनाको सिफारिश गरिएको छ। जसमा यज्ञराज जोशी, बलदेव बोहरा, प्रेम कुमार बिष्ट र ठाकुर बरालको नाम सिफारिस गरिएको छ। अपाङ्ग तर्फ निवर्तमान जिल्ला सचिव दिवाकर पाण्डेयको नाम सिफारिस गरिएको छ। यस्तै महिलातर्फ कल्पना केसी, माया भट्ट र शान्ता शर्माको…

Read More