Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एक जना जनप्रतिनिधि परस्त्रीसँग आपत्तिजनक (शारीरिक सम्बन्ध राखिरहेको) अवस्थामा पक्राउ परेका छन्। सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन्। नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ। उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए। उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ। ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन्। एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरेर विभागको सहायक निरीक्षकमा पदमा नियुक्ति लिएका थिए । केही समयपछि बढुवासमेत भएका उनले अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा लिएको अख्तियारको आरोप छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।

Read More

काठमाडौं : काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतवार बिहान ९ः३१ मा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको थियो। जहाजमा क्याप्टेन अमृत गुरुङ र दुई यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उक्त जहाज लुक्लामा अवतरण गरिसकेपछि एमर्जेन्सी एक्जिटको अगाडिको सिसा झरेको देखिएको बताइएको छ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। यसअघि पनि यो मुद्दा पटक पटक स्थगित हुँदै आएको थियो। सो मुद्दा आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो। तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ। यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो। दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो। सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद मुख्य विषय बनेको छ।

Read More

मकवानपुर : मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। तीनै जनाले गत मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनै जना आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो। घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए। ‘निश्चलले नै सूर्यप्रसादको…

Read More

लमजुङ: लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी परेका छन्। बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए। प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीया छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचाररत…

Read More

धनगढी: कैलालीको धनगढीमा ‘साग सेन्टर’ सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा पत्रकार महेश बडूले शनिवारदेखि ‘साग सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार फरक सोच र ताजा तरकारीसहित ‘साग सेन्टर’को सुरुवात गरिएको हो । पछिल्लो समय तरकारी स्वस्थ नहुने र आफूले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सधैँ स्वस्थ तरकारी बिक्री गर्ने उनको दाबी छ । दुई लाखको लगानीमा सञ्चालन गरिएको सेन्टरबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने टिमुर, मह, तरकारी, चुक, भटमास लगाएकोसमेत बिक्री वितरण गर्ने उनले बताए ।

Read More

धनगढी: कैलालीका छ वटा फार्मेसी तथा क्लिनिकलाई औषधि व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । यहि मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका छ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहले जानकारी दिए । उनका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ । धनगढी…

Read More

धनगढी : कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा सुपप्र०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सार्कीको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ। अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : निमोनिया भन्दै भर्ना भएका डडेल्धुराका लक्ष्मण साउदको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–७ का अन्दाजी ४२ वर्षीय उनको आज बिहान धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो। छातीमा समस्या भएको भन्दै उनी सुरुमा धनगढीकै मायामेट्रो अस्पताल गएका थिए। तर, मुटुमा गम्भीर समस्या भएको रिपोर्ट आएको भन्दै उनलाई त्यहाँबाट रेफर गरिएको थियो। त्यसपछि निसर्गमा उपचार गराउन गएका उनलाई अस्पतालले सामान्य निमोनिया भएको भन्दै जनरल वार्डमा भर्ना गरेको थियो। तर, उनको आज बिहान अचानक मृत्यु भएको आफन्तले बताएका छन्। यता अस्पताल प्रशासनले सबै रिपार्ट सामान्य भएकाले निमोनियाको उपचार सुरु गरिएकोमा उनलाई अचानक ह्दयघात भएको बताएको छ। मृतक साउदलाई क्यान्सर भएको हुनसक्ने…

Read More