Author: महेन्द्रनगर पोष्ट

काठमाडौ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । ‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ बस्नेतले फेसबूकमा लेखेका छन् । पछिल्लो समय टिकटकमार्फत ल्याइएको विवादास्पद भिडियोका कारण बस्नेत पनि विवादमा छन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा जीपको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ मा जीपले ठक्कर दिँदा पैदलयात्री ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ पौने आठ बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका तामाङको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डांगीले बताए। ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी डांगीले जनाकारी दिए।

Read More

डोटीः डोटीमा ट्याक्टर पल्टिदा १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा संस्कृति झल्काउने खालको देउसी भैलो खेलिएको छ। सोमबार अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा देउसी भैलो खेलिएको हो। अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाले संस्कृति झल्काउने उदेश्यका साथ देउसी भैलो कार्यक्रम राखेको हो। तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ। पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए। नेपाली सेनाका जवनाहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलिएका हुन्।

Read More

काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो। यी हुन् टिकटक बन्द गर्ने देशकीर्गिस्तान : कीर्गिस्तानले ३० अगस्तदेखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध।बेलायत : सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाएको हो।अमेरिका : सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध।न्यूजिल्यान्ड : GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध।क्यानडा : गोपनियता र…

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्। आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा ललेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’ महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको भन्दै यो कदम सच्चाउनुपर्ने बताएका छन्।

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई पहिचान गर्न आग्रह गर्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका हुन्। उनले लेखेका छन्, ‘सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने होइन। सामाजिक(धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो। सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने भन्नेबारेमा खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ। टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर।’ महामन्त्री शर्माले गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न पनि गरेका…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताएका छन्। सोमवार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगतै उनले सामाजिक सञ्जाललाई बन्द गर्नुकाे साटो नियमन गर्नुपर्ने बताएका हुन्। ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ।’ उनले लेखेका छन्।​​ ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबूकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेताहरू…

Read More

काठमाडौं : टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय आजैबाट कार्यान्वयन गर्ने गरी तयारी शुरू भएको छ। टिकटकमाथि प्रतिबन्धको निर्णय भएपछि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण त्यसको तयारीमा जुटिसकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। बैठकपछि मन्त्री शर्माले नै टिकटक बन्द गर्ने निर्णयसम्बन्धी जानकारी दिएकी थिइन्। निर्णय सकेसम्म आजैबाट कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन्। ‘आजैबाट बन्द गर्ने भन्ने निर्णय भएको छ। प्राविधिकरूपमा साथीहरू लागिसक्नुभएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसमा आईएसपीहरूको पनि सहयोग चाहिन्छ । त्यसका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसकेको छ।’

Read More

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ। सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ ।

Read More