Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

Read More

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले एमालेजस्तो शुद्ध पार्टी कुनै नभएको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धनले एमाले नेताहरूलाई जेल हाल्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताए । उनले भने, ‘यती काण्ड, ओम्नी काण्ड, ७० करोड काण्ड, गिरिबन्धु काण्ड हाम्रो अध्यक्षले चुनौतीका साथ भन्नुभएको छ यी सबै काण्डको छानबिन गर, नेकपा एमाले तुलनात्मक रूपमा सबैभन्दा शुद्ध पार्टी हो, बेस्ट पार्टी हो । गठबन्धन एमालेका नेताहरूलाई जेल हाल्नको लागि परिकल्पनाका साथ लागेको छ, कसैलाई पनि केही गर्न सक्ने हिम्मत छैन ।’ विपक्षीहरूले केही नपाएर कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको उनले…

Read More

काठमाडौं : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे। पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण…

Read More

बाँके: सर्वोच्च अदालतको आदेशपछि नेपालगञ्जबाट पक्राउ परेका योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तानका लागि जिल्ला अदालत बाँके पठाइएको छ। रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको हो। सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो। कैदी पूर्जीसहित रिगललाई कारागार चलान गरिएको छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए। उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो। रिगलले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए। डिआइजी बाहेराले क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो, पिरमार्का तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको बताए। ‘प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पिरमार्का वा कैफियत भएका सोझै सम्बन्धित जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्ने क्युआर लागु गरिएको हो,’ उनले भने, ‘यसबाट सेवाग्राहीले प्रत्यक्षरुपमा आफ्नो गुनासोहरु राख्न सक्छन्।’ परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा…

Read More

काठमाडौं : नेपाललाई छैठौं सफलता मिलेको छ। सन्दिप लामिछानेले बासिल हमिदको विकेट लिएका हुन्। हमिदले ३ बलमा १ रन बनाए। लामिछानेले यसअघि आशिफ खानको विकेट लिएका थिए। खानले १४ बलमा १३ रन बनाए। रोहित पौडेलले अली नसीरकोविकेट लिएका हुन्। नसीरले ७ बलमा ४ रन बनाए। कुशल मल्लले अलिशान शराफुको विकेट लिएका हुन्। शराफुले १४ बलमा १६ रन बनाए। युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। टी९२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट…

Read More

काठमाडौं : नेपाललाई पाँचौ सफलता मिलेको छ। रोहित पौडेलले अली नसीरको महत्वपूर्ण विकेट लिएका हुन्। नसीरले ७ बलमा ४ रन बनाए। कुशल मल्लले अलिशान शराफुको विकेट लिएका हुन्। शराफुले १४ बलमा १६ रन बनाए। सन्दिप लामिछानेले आशिफ खानको विकेट लिएका हुन्। खानले १४ बलमा १३ रन बनाए। युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। टी(२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट गरेको थियो। उनी ३ रन बनाएर पेभेलियन फर्किएका थिए।

Read More

काठमाडौं : नेपाललाई चौथो सफलता मिलेको छ। कुशल मल्लले महत्वपूर्ण विकेट लिएका हुन्। उनले यूएईका अलिशान शराफुको विकेट लिएका हुन्। शराफुले १४ बलमा १६ रन बनाए। सन्दिप लामिछानेले आशिफ खानको विकेट लिएका हुन्। खानले १४ बलमा १३ रन बनाए। युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट गरेको थियो। उनी ३ रन बनाएर पेभेलियन फर्किएका थिए।

Read More

काठमाडौं : नेपाललाई तेस्रो सफलता मिलेको छ। सन्दिप लामिछानेले महत्वपूर्ण विकेट लिएका हुन्। उनले यूएईका आशिफ खानको विकेट लिएका हुन्। खानले १४ बलमा १३ रन बनाए। यसअघि युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट गरेको थियो। उनी ३ रन बनाएर पेभेलियन फर्किएका थिए। ११ ओभरको समाप्तिमा युएईले ३ विकेटको क्षतिमा ७५ रन बनाएको छ।

Read More

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले लफडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित गरेको छ। रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो। उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो। उनीहरूको रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए। सम्बन्धित समाचार २ पाइलटबीच युनिफर्ममै फाइट, हातमा चोट

Read More