Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : दसैं, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

Read More

दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी ५० वर्षीया जयमती महरको आइतबार मृत्युु भएको हो। घरदेखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी प्रहरीले बताएको छ। घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

जनकपुरधाम : धनुषा र महोत्तरी जोडने रातू पूलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु भएको छ । आइतबार बिहान धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरतसैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली आउँदै छन् । समाजवादी मोर्चाको सन्देश सभा लगायतका विभिन्न कार्यक्रममा सरिक हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् । बिहान सवा नौ बजे श्री एयरको नियमित उडानबाट प्रधानमन्त्री दाहाल धनगढी आउने छन् । त्यहाँबाट उनी लम्की प्रस्थान गर्ने जनाइएको छ । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् । घोडाघोडी बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्ने र गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने समेत कार्य सूची रहेको छ । प्रधानमन्त्री दाहाल करिब २ बजे धनगढीमा समाजवादी मोर्चाको सभामा सहभागी हुने र बेलुकी साढे पाँच बजे काठमाडौँ फिर्ता हुने जनाइएको…

Read More

बैतडी: बैतडीमा एक किशोरी हराएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–८ दोराकी २० वर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता रहेको पारिवारिक श्रोतले जनाएको छ। गोठालो गएकी कल्पना अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमाले जानकारी दिइन्। उनी कहिँकतै फेला नपरेपछि हिजो आइतबार प्रहरीचौकी ढोल्यमोडमा निवेदन दिएको पारिवारले जनाएको छ। बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेको बताइको छ।

Read More

काठमाडौं: हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढेको छ। आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा दर दसैं नजिकिएसँगै बढेर दोब्बर पुगेको हो। काठमाडौंबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन्। सामान्यतया काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेट लाग्छ। तर १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने बढीमा १४ हजारमै उपलब्ध हुन्छ। काठमाडौं–धनगढी भन्दा काठमाडौंबाट भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पछिल्लो समय इवाई इन्धनको मुल्य समेत बढेको छैन। तर, हवाई सेवाको भाडादर यसरी किन बढ्यो भन्ने प्रश्न सबैको मनमा आइरहन्छ।…

Read More

काठमाडौं : आइतबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिना पानीले बालीनाली सखाप पारेको छ । डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् । खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् ।

Read More

काठमाडौँ : यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि धनगढी जाँदै छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न धनगढी जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सवा ९ बजे श्री एयरको नियमित उडानबाट धनगढी पुग्ने कार्यतालिका छ । उनी धनगढी विमानस्थलबाट सोझै लम्की जाने छन्। माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न पुग्ने कार्यतालिका रहेको छ । मध्यान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर २ बजे धनगढीमा प्रचण्डले समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बेलुकी साढे…

Read More

धनगढीः कैलालीमा एक घरमा गएराति आगलागी हुदा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। जिल्लाको चुरेगाउँपालिका–१ की हर्षकला मगरको घर जलेर शनिवार राति नष्ट भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षती नभएपनि घरभित्रका लुगाकपडा तथा खाध्यकुराहरु जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षेतीको पुर्ण विवरण अनुसन्धानपछि खुल्ने कैलाली प्रहरीले जानकारी दिएको छ।

Read More