Author: महेन्द्रनगर पोष्ट

काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। १८ मध्ये सुदूरपश्चिमका भने तीन वटा निर्माण कम्पनी छन्। कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो।

Read More

काठमाडौंः नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआईजीको पद रिक्त भएको छ। हालै नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अवकाशमा गएका थिए। उनी अवकाशप्राप्त भएपछि बढुवा हुन सकेको छैन। सोही कारण अहिले एक एआईजीको पद रिक्त छ। यस्तै, डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। सोही कारण दुई साताअघि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन्। असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि…

Read More

धनगढीः कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। तीनै जनालाई सोमबार नियन्त्रणमा लिइएको हो। कञ्चनपुर प्रहरीका अनुसार एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लखिमपुर जिल्ला पलिया बस्ने २८ वर्षीय बलराम सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलेभीभमदत्त नगरपालिका वडा नम्बर ३ भासीबाट पक्राउ गरिएको हो। उनको साथबाट १.८२ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ भने ८ हजार एक सय नगद पनि बरामद गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेदकोट…

Read More

धनगढी: भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका नाकाबाट हुने आवागमनलाई सहज बनाउने सहमति भएको छ। दुई जिल्लामा रहेका त्रिनगर, खक्रौला र गड्डाचौकी नाकामा आवागमनलाई सहज पार्ने सहमति दुई देशका सुरक्षा अधिकारीबीच भएको हो। भारतको गौरीफन्टामा बसको दुवै देशका सुरक्षा अधिकारीको समन्वयात्मक बैठकले यस्ताे सहमति गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले आवागमनमा सहजीकरण गर्ने सहमति भएको जानकारी दिए । ‘विगतमा चाडपर्वको समयमा नेपालीहरू सीमा नाकामा लुटिने समस्या थियो,’ एसपी पाण्डेले भने, ‘यसपटक सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बलले सहजीकरण गर्ने सहमति भएको…

Read More

धनगढी: कैलालीमा दुई वटा माेटरसाइकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गाैरीगंगा नगरपालिका -१ काे गप्कामा दुई मोटरसाइकल ठोक्किदा कैलालीको जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चाैधरी र कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लकाे मृत्युु भएकाे हो। कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल चौधरी र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको माेटरसाइकल मल्लले चलाएका थिए। `दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राति नै धनगढीकाे नवजीवन अस्पताल पुगाइएकाे थियाे,´ डिएसपी बोहराले भने, `तर चिकित्सकले मृत घाेषणा गरे। शव परीक्षणका लागि सेती प्रादेशिक…

Read More

काठमाडौं: नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे। यद्यपी पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गरेर हेडक्वाटर तानिएको थियो। त्यसक्रममा उनीमाथि छानबिन पनि थालिएकोमा अहिलेसम्म छानबिन सकिएको छैन। छानबिनकै क्रममा उनलाई दुई साताअघि मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश…

Read More

धनगढीः नेकपा माओवादी बझाङमा समस्या देखिएको छ। पार्टीका नेताहरू २ कित्तामा विभाजन भएपछि समस्या भएको हो। जसमा मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेको भन्दै समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामी संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको हो। एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो। तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको सोमबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए। पार्टीमा जिम्मेवारी दिने विषयले विवाद सुरु भएको पाइएको छ।

Read More

काठमाडौं: बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नवीन सिंह। जो काठमाडौं बस्दै आएका थिए। उनै नवीनको कलिलै उमेरमा मृत्यु भएको छ। रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए। नवीनका एक आफन्तका अनुसार आइतबार साँझ उ चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए। मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ। बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले…

Read More

काठमाडौं: प्रस्तावित नयाँ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध छ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले असोज ३ गते उजुरीका लागि आह्वान गरेको थियो। त्यसपछि १० दिनको म्यादभित्र राउतविरुद्ध छ वटा उजुरी परेको हो। समितिको आज बसेको बैठकमा राउतविरुद्ध परेका उजुरीका बारेमा छलफल भइरहेको बताइन्छ। के के उजुरी परे ? भन्नेबारेमा सार्वजनिक गरिएको छैन।

Read More

धनगढीः जुवातास भइरहेको सूचना पाएपछि भीमदत्त नगरपालिका–११ पुगेको कञ्चनपुर प्रहरीले जुवाडे छोडेको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक जमुना जोशीको कमाण्डमा प्रहरी टोली जुवा भइरहेको स्थान चौकीसत्ता भन्ने स्थानमा पुगेको थियो। जुवामा वडा सदस्य कृष्ण बिष्ट र मोहन जैशी पनि थिए। उनीहरुको साथमा १२ हजारभन्दा बढी रकम थियो। तर, वडा अध्यक्ष प्रकाश थापा आएपछि सबैलाई छोडिएको समाचार स्रोतले बतायो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार जुवामा चार जना खेल्ने र चार जना हेर्ने मान्छे थिए। उनले सामान्य खालको जुवा भएकाले सम्झाइबुझाई छोडिएको बताएका छन्। कञ्चनपुरकी लेडी इन्सपेक्टर जोशीले जुवाडे छोडेकोमा कैलालीकी…

Read More