Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। खेल धर्मशाला स्टेडियममा नेपाली समय अनुसार दिउँसो २.१५ बजे सुरु हुनेछ। आज तुलनात्मक रुपमा कमजोर मानिएको नेदरल्याण्ड्सलाई हराउँदै दक्षिण अफ्रिका लगातार तेस्रो जित हात पार्ने दाउमा छ। तीनै खेल जितेको भारतको भन्दा राम्रो रन रेट भएको दक्षिण अफ्रिका आजको खेल जितेमा तालिकाको शीर्ष स्थानमा उक्लने छ। दक्षिण अफ्रिकाले अस्ट्रेलिया र श्रीलंकालाई हराइसकेको छ। लगातार दुई खेल हारेको नेदरल्याण्ड्स भने दक्षिण अफ्रिकाविरुद्ध इतिहासमै पहिलो जित हात पार्ने योजनामा छ।

Read More

काठमाडौं : अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए। उनले धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समयानुकूल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए। उनले भने, ‘हामीले चलचित्र समयानुकूल परिवर्तन गर्दै जानुपर्छ। राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो। राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ। धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै…

Read More

झापा: सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार समातेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट समातिएको आयोगका प्रवक्ता भोला दाहालले बताए। उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो। भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरू पक्राउ परेको प्रवक्ता दाहालले बताए।…

Read More

कैलाली: इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरू मंगलबार बेलुकी ६/७ बजेसम्म नयाँ दिल्ली पुग्ने…

Read More

काठमाडौंः फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ। खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ। बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो। दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ। दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ। त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ। नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र…

Read More

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्। ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो । ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए । उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् ।

Read More

काठमाडौँ: हमास समुहको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको एक युवतीको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासले बन्धक बनाएकाको सार्बजनिक भएको यो पहिलो भिडियो हो । हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलको दाबि छ । भिडियोमा माया शेम नाम गरेकी २१ वर्षकी युवतीलाई सार्वजनिक गरिएको छ र इजरायलको शोहम सहरकी भएको बताएकी छिन् । दक्षिणी इजरायलको संगीत महोत्सवबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ । https://www.facebook.com/watch/?v=2005647199796982&t=0

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजबिनका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय भइरहेको बताएका छन् । सोमबार सुदूरपश्चिम पत्रकार समाजले राजधानीमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले उचित समन्वय गरेर हराइरहेका विद्यार्थीको खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको बताए ।  ‘‘हराएका विद्यार्थीका बारेमा इजरायल सरकारसँग पनि र इजरायलबाहेकका अरू खाडीका सरकारहरू, जसको हमास समूहसँग पनि सम्बन्ध छ भन्ने गरिन्छ । ती सरकारसँग उचित समन्वय गरेर खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।’  हमास समूहले असोज…

Read More

बैतडी: बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना भएको छ। मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि तीनजना गम्भिर घाइते भएका छन्। घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् ।  मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

Read More