Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका एक वडाअध्यक्षका छोराले नाबालिगको अश्लील भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेका छन् । उनले आफ्नै प्रेमिकाको नग्न भिडियो सार्वजनिक गरेका हुन् । गत चैतदेखि प्रेम सम्बन्धमा रहेकोमा वडाअध्यक्षका छोराले ती नाबालिकालाई नग्न भिडियो बनाएर आफूलाई पठाउन आग्रह गरेका थिए । त्यसपछि ती नाबालिकाले बनाएर पठाएको भिडियो ती युवकले सामाजिक सञ्जाल फेसबुकमा भाइरल गरिदिए । उक्त भिडियो धेरैको फेसबुक म्यासेन्जरसम्म पुगेको थियो । जसका कारण नाबालिक र उनको परिवार तनावमा आएको थियो ।त्यसपछि बालिकाको परिवारले अदालत जानेसम्मको तयारीमा गरेको थियो । त्यो भेउ पाएपछि वडाअध्यक्षको परिवारले कानुनको आँखा टाल्न एउटा हत्कण्डा अपनाएको छ । ती पीडकका परिवारले…

Read More

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा भीम रावलले कडा आपत्ति जनाएका छन्। सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ। भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन्। उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ। मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन। स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन्। एमाले नेता डा रावल यो निकै संवेदनशील विषय…

Read More

धनगढी : एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो । जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको…

Read More

धनगढी: नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ। जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए। सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु नआइपुगेकोले गोला तान्ने क्रममा त्यो (फाँट नम्बर २८) को सबै मुद्दा स्थगित भएको उनले जानकारी दिए। २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ।

Read More

धनगढी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले नेपाल-भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गरेका छन्। (आज) बिहीबार नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन्। उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री मोदीसँगै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि थिए।

Read More

कञ्चनपुर : व्यापारीहरुले कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ। प्रहरीले चाडपर्वको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गरेको उनले बताए । व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ मौन रहेको भन्दै दुखः समेत प्रकट गरेका छन् । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिकजन्य सामानको गोदाममा छापा हानेको थियो। त्यहाँबाट ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ। बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ…

Read More

धनगढीः  कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। चौधरीलाई कारबाहीको लागि आजै अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिकाे अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। स्रोतका अनुसार अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कन्दकला रानाले पनि उम्मेदवारी फिर्ता लिन करिब सहमति भसकेको छ। उनले उम्मेदवारी फिर्ता लिए उपसचिवमा भागरथी विष्ट चयन हुनेछन्। कमिटिकाे सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्। उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्। को हुन् जैसी ? कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित…

Read More

धनगढी: एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन्। सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्। सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन्। उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ। उपसचिवमा महिलातर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ। उनीहरु बीच पनि सहमतिको प्रयास भइरहेको छ।

Read More

बैतडी: बैतडीको श्रीभावर–हाट सडकखण्ड अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो । गएराति गएको सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । पहिरो गएर सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More