Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गएरातिको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएका जाजरकोट तथा आसपासका जिल्लामा राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको टोली त्यसतर्फ प्रस्थान गरेको छ। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्ड, ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री एवं सांसद जनार्दन शर्मासहितको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएका छन्। ‘भूकम्प प्रभावित जाजरकोटलगायतका जिल्लाहरूमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, मा. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र मा. पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्यकर्मी र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गर्नुभएको छ’ मल्लले फेसबूकमा लेखेका छन्। यस्तै सशस्त्र प्रहरी बलको अस्पताल…

Read More

काठमाडौँ : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १२९ जनाको मृत्यु भएको छ। शनिबार बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो। जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले बताए। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी उद्धारको लागि खटिएको छ।

Read More

काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ। ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। भूकम्पका कारण ५५ जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ। भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ।

Read More

काठमाडौँ: जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको छ।  मृत्यु हुनेमध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् त्यस्तै २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन्। सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टाेलीसहित भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन्। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन्।प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन्।

Read More

काठमाडौं: रुकुम (पश्चिम)मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । ३६ जना घाइते भएका प्रहरीले जनाएको छ । मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Read More

जाजरकोट: जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ। भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

Read More

काठमाडौं : शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाको मृत्यु भएको सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई पालिकामा गरी ५३…

Read More

दाङ: नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बास्तोला ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका बास्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको प्रहरी स्रोतले जनाएको छ। न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। बास्तोलालाई शुक्रबार अदालतमा पेश गरिएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका-५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिका-९ का…

Read More

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका हुन् । यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाली क्रिकेटको थप सफलताको कामना गरेकी छन् । आज मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले आठ…

Read More