Author: महेन्द्रनगर पोष्ट

गुल्मी : गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई अचानक ठक्कर दिएको थियो । रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शवलाई सदरमुकाम तम्घास ल्याइ गुल्मी अस्पतालको शव गृहमा राखिएको र घटनाको…

Read More

काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो

Read More

काठमाडौं : एकदिवसीय विश्वकपमा बिहीबार आयोजक भारतले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो २ः१५ बजेदेखि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणेमा हुनेछ । आजको खेल जिते टीम इन्डियाले लगातार चौथो खेल जित्नेछ ।टोलीसँग न्युजिल्याण्डलाई उछिनेर अङ्क तालिकाको शीर्ष स्थानमा आउने मौका पनि छ।

Read More

काठमाडौं : त्रिदेशीय शृङ्खलामा नेपालले हङकङसँग बलिङ गर्ने भएको छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङको निम्तो पाएको हो। नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा हङकङको यो पहिलो खेल हो। यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो। टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्।​ मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका…

Read More

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात भएको छ। बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १ बजे बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ। ​चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको  मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन्।  उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ का २० वर्षीय युवराज शाहु बुधवार साँझ पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरमै फेला पारी पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगर पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ।

Read More

कञ्चनपुर : यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ। उनले थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घरआँगन सजाउन लागेको बताए। “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उनले भने, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो।” उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए। थारु समुदायमा दसैँ विशेष…

Read More

सुर्खेत: राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि एक महिलाको हत्या गरेको पाइएको छ। गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ९डिएसपी० नमराज भट्टराईले जानकारी दिए। भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको उनले जानकारी दिए। लोकबहादुर गत असोज ३ गते नवौ संविधान…

Read More

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ। सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट एवं पूर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाईका नाममा रूख काटेको प्रकरणमा हिरासिंह विष्ट र केशवराज जोशीलाई पक्राउ गरिएको बताए। यसअघि बेलौरी नपा ६ का वडायक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो। अर्का आरोपी मदन सिंह बोहरा भने फरार रहेको…

Read More